आगामी भदौ २७ गते प्रदर्शनमा आउने फिल्म ‘अभिमन्यु : च्याप्टर–१’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरले फिल्मको कथालाई स्पष्ट पारेको छ, जसमा प्रेमको नाटक गरेर गरिने अपहरण र त्यसपछि फिरौतीको माग गरेको देखाइएको छ।
फिल्ममा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा लगायतका कलाकारहरूको अभिनय रहेको छ। सुशान्त गौतमले निर्देशन गरेको यो फिल्म सेभेन सिज सिनेमाको प्रस्तुति हो। विनोद पौडेल र गुञ्जन गिरीले निर्माण गरेको यो फिल्मको कथा मुकेश खनालले लेखेका हुन्।

