२०८३, आश्विन २० गते

images
  • विशेष
  • निजामति कर्मचारीको अवकाश उमेर ५८ वर्षः...

निजामति कर्मचारीको अवकाश उमेर ५८ वर्षः मुख्यसचिवसहित १३ जना सचिव यसैवर्ष अनिवार्य अवकाशमा जादैँ

निजामति कर्मचारीको अवकाश उमेर ५८ वर्षः मुख्यसचिवसहित १३ जना सचिव यसैवर्ष अनिवार्य अवकाशमा जादैँ

मंगलवार, भाद्र १७ २०८२०१:०७
मंगलवार, भाद्र १७ २०८२०१:०७
  • images

    काठमाडौँ । संघीय निजामती सेवा ऐन, २०८२ अन्तर्गत यस वर्षदेखि अवकाश उमेर ५८ वर्षमै कायम गर्ने सहमति बनेसँगै ठूलो संख्यामा कर्मचारी अवकाशमा जाने भएका छन् । 

    यसअघि अवकाश उमेर ५९ वा ६० वर्ष बनाउने विषयमा निरन्तर बहस चलिरहे पनि मंगलबारको छलफलले ऐन लागू भएको वर्ष ५८ नै कायम गर्ने निर्णय गरेको हो।

    सत्तापक्षका सांसदहरू र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपाने ५९ वा ६० वर्षको अडानमा रहेकाले सोमबारको बैठकमा सहमति जुट्न सकेको थिएन। तर मंगलबार भएको छलफलमा अन्ततः ५८ वर्षकै प्रस्तावलाई स्वीकृति दिइएको हो।

    उक्त स्वीकृत अनुसार यसै वषै मुख्यसचिव सहित १३ जना सचिव यसै वर्ष अनिवार्य अवकाशमा जाने भएका हुन । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको राष्ट्रिय किताबखाना (निजामती) को रेकर्डअनुसार मुख्यसचिवसहित १३ जना सचिव अनिवार्य अवकाशमा जान लागेका हुन् । 

    आर्थिक वर्ष २०८२/८३ मा मुख्यसचिव अर्याल र १६ सचिवसहित दुई हजार २११ कर्मचारी अनिवार्य अवकाशमा जाने किताबखानाले जनाएको छ । यसरी अनिवार्य अवकाशमा जानेहरुमा केही पाँचवर्षे सेवा अवधि पूरा भएर र केही ५८ वर्षे उमेर हदका कारण छन् । 

    निजामती सेवा ऐन २०४९ मा सचिव पाँचवर्षे सेवा अवधि र ५८ वर्षे उमेर हद गरी दुई तरिकाबाट अनिवार्य अवकाशमा जाने व्यवस्था छ । 

    मुख्यसचिव एक नारायण अर्याल किताबखानाको रेकर्ड अनुसार आगामी मङ्सिर १० गते अनिवार्य अवकाशमा जाँदैछन् । 

    यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कानुन सचिवको रूपमा कार्यरत फणीन्द्र गौतम यस आर्थिक वर्षमा अवकाशमा जाँदैछन् । उनी मङ्सिर १८ गते अनिवार्य अवकाशमा जान लागेको किताबखानाको रेकर्डमा छ । 

    अनिवार्य अवकाशमा जाने एक जना सचिव कृषि सेवाका छन् । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव दीपक खराल चैत १२ गते अनिवार्य अवकाशमा जाँदैछन् । 

    त्यस्तै अनिवार्य अवकाशमा जाने चार सचिव नेपाल इन्जिनियरिङ सेवाका छन् । इन्जिनियरिङ सेवाबाट अवकाशमा जाने सचिवहरूमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा बिडारी, नेपाल ट्रष्टको कार्यालयका सचिव रामआधार साह र खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी बज्राचार्य छन् । बिडारी चैत ९ गते अवकाशमा जाँदैछन् भने साह २०८३ वैशाख १ गते तथा बज्राचार्य  २०८३ असार १७ गते अवकाशमा जाने किताबखानाको रेकर्डमा उल्लेख छ । 

    अनिवार्य अवकाशमा जाने एक जना सचिव कृषि सेवाका छन् । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव दीपक खराल चैत १२ गते अनिवार्य अवकाशमा जाँदैछन् । 

    अनिवार्य अवकाशमा जान लागेका बाँकी आठ सचिव सामान्य प्रशासन सेवाका छन् । यो आर्थिक वर्षमा अनिवार्य अवकाशमा जाने प्रशासन सेवाका सचिवहरूमा गण्डकी प्रदेशका प्रमुख सचिव खगेन्द्र सुवेदी, गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय योजना आयोगका सचिव सुमनराज अर्याल, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरे, युवा तथा खेलकुद मन्त्रालयका सचिव हरिप्रसाद लम्साल, राष्ट्रिय तथ्याङ्क कार्यालयका सचिव मधुसूदन बुर्लाकोटी, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णहरि पुस्कर र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव खगेन्द्रप्रसाद नेपाल छन् । 

    किताबखानाको रेकर्ड अनुसार सुवेदी भदौ १८ गते, दुवाडी मङ्सिर १० गते, अर्याल माघ १९ गते, घिमिरे फागुन १० गते, लम्साल फागुन २४ गते अनिवार्य अवकाशमा जाँदैछन् । त्यसैगरी बुर्लाकोटी ०८३ असार २१ गते, पुस्कर असार २४ गते र नेपाल असार २८ गते अवकाशमा जादैछन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend