२०८३, आश्विन १९ गते

images
  • बिमा
  • जेनजी आन्दोलनमा देशभर २१ अर्बको क्षति...

जेनजी आन्दोलनमा देशभर २१ अर्बको क्षति भएको बीमा कम्पनीको दाबी, सबैभन्दा धेरै ओरिएन्टलमा पर्दा अन्यमा कति ?

जेनजी आन्दोलनमा देशभर २१ अर्बको क्षति भएको बीमा कम्पनीको दाबी, सबैभन्दा धेरै ओरिएन्टलमा पर्दा अन्यमा कति ?

बिहिवार, आश्विन २ २०८२०३:२८
बिहिवार, आश्विन २ २०८२०३:२८
  • images

    काठमाडौँ । भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको तोडफोड र आगजनीका कारण बीमा कम्पनीहरूमा अहिलेसम्म २० अर्ब ७० करोड रुपैयाँ बराबरको दाबी परेको बीमा प्राधिकरणले जनाएको छ। मंगलबारसम्म १८ वटा इन्स्योरेन्स कम्पनीमा यति ठूलो दाबी दर्ता भएको हो।

    सबैभन्दा बढी दाबी द ओरियण्टल इन्सुरेन्स मा परेको छ। कम्पनीमा ४० वटा दाबी दर्ता भई करिब ५ अर्ब १४ करोड रुपैयाँ बराबरको दाबी भएको प्राधिकरणले जनाएको छ।

    त्यस्तै, सबैभन्दा कम दाबी ट्रष्ट माइक्रो इन्सुरेन्स मा परेको छ। सो कम्पनीमा जम्मा ४२ करोड रुपैयाँ बराबरको दाबी दर्ता भएको छ। बीमा कम्पनीहरूले दैनिक रूपमा बीमा प्राधिकरणमा दाबीहरूको विवरण बुझाइरहेका छन्। प्राधिकरणले प्राप्त दाबीको विवरण प्रत्येक साताको बुधबार सार्वजनिक गर्ने निर्णय गरेको छ।

    भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्तिदेखि व्यवसायिक भवन, होटल र निजी घरमा समेत तोडफोड र आगजनी भएका थिए। त्यसैको प्रभाव स्वरूप बीमा दाबीको ठूलो चाप देखिएको हो।

    download.png

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend