२०८३, आश्विन १९ गते

images
  • मनोरन्जन
  • गायिका विष्णुमायाँ गुरुङ तमु कलाकार संघ...

गायिका विष्णुमायाँ गुरुङ तमु कलाकार संघ नेपालको महिला उपाध्यक्षमा निर्वाचित

गायिका विष्णुमायाँ गुरुङ तमु कलाकार संघ नेपालको महिला उपाध्यक्षमा निर्वाचित

आइतवार, आश्विन ५ २०८२०८:४२
आइतवार, आश्विन ५ २०८२०८:४२
  • images

    काठमाडौँ । चर्चित लोकदोहोरी गायिका लमजुङे चेली विष्णुमायाँ गुरुङ तमु (गुरुङ) कलाकार संघ नेपालको महिला उपाध्यक्ष पदमा निर्वाचित भएकी छिन् ।

    शनिबार काठमान्डौमा सम्पन्न संघको पाँचौ महाधिबेसनबाट गुरुङ महिला उपाध्यक्षमा पुन ः सर्वसम्मत निर्वाचित भएकी हुन् । लमजुङको दोर्दी गाउँपालिका ८ बन्सार स्थाई घर भई हाल काठमान्डौलाई कर्मथलो बनाएर साँगितिक यात्रामा अगाडि बढिरहेकी गुरुङ दोस्रो कार्याकालका लागि महिला उपाध्यक्षमा निर्वाचित भएकी हुन्।

    काठमान्डौमा बसेर संगितमाला रोधिघर सञ्चालन गर्दै आएकी गुरुङ हक्की स्वभावकी छिन्। संस्थामा बसीसकेपछि आफ्नो पदिय जिम्मेवारी मिहिन ढंगले पूरा गर्नुपर्छ भन्ने सोच राखेर तमु कलाकार संघमा आवद्ध हुँदै आएकी हुन् । संस्थाभित्र कुनैपनि खालको राजनिति हुनुहुँदैन, कलाकारहरुको संस्थामा गुट उपगुट हुनुहुँदैन, सवैलाई एकताको सुत्रमा बाँधेर अगाडी बढाउनुपर्छ भन्ने सोँच राखेर उनी संस्थामा आवद्ध भएको बताउँछिन् ।

    अग्रजलाई सम्मान गर्दै नवप्रतिभालाई प्रोत्साहन गर्ने कार्यमा आँफु कटिवद्ध भएर अगाडी बढ्ने गुरुङले बताईन । उनले आफ्नो सांगितिक क्षेत्रलाई फराकीलो बनाउँदै करिव ३ दर्जन कलाकारहरुलाई रोजगारी समेत प्रदान गर्दै आएकी छिन् । रात्रिकालीन व्यवसाय आफैमा चुनौतीको व्यवसाय हो त्यसलाई सामना गर्दै गित संगितको संरक्षण र संवर्दनको साथमा आफुजस्ता थुप्रै कलाकारहरुलाई रोजगारी दिन पाउँदा आफुलाई खुसी लागेको बताईन । देशमा केही भएन भनेर लाखौँ युवाहरु परदेश पलायन भइरहेको अवस्थामा गुरुङले नेपालमै झण्डै ३०÷३५ जनालाई रोजागरी प्रदान गरिरहेकी छिन्। 

    दोर्दी गाउँपालिका ८ बन्सारको बनपाखामा घाँस दाउरा, मेलापात सँगै आफ्नो सांगितक यात्रालाई अगाडी बढाउनुभएकी गुरुङले काठमान्डौ प्रवेश गरेको १७÷१८ वर्षको अन्तरालमा सफल गायिका मात्रै नभएर एक सफल व्यवसायीको रुपमा समेत आफुलाई  स्थापित गराएकी छिन्।

    तमु कलाकार संघ नेपालको पाँचौ महाधिबेसनले गोर्खाका सागर गुरुङको अध्यक्षतामा २६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । महाधिबेसनले सवै पदमा सर्वसम्मत नेतृत्व चयन गरेको छ । महिला उपाध्यक्षमा पुनः निर्वाचित गुरुङलाई महाधिबेसनमा देउवहादुर र कमला गुरुङ अक्षय कोषबाट सम्मान गरिएको छ । गुरुङ परम्परा र संस्कृति सम्वर्दनका लागि पुराउनुभएको योगदानकोे उच्च मुल्याकंन गर्दै निवर्तमान अध्यक्ष शर्मिला गुरुङको समितिले विष्णुमायाँ सहित अन्य ४ जना कलाकाहरुलाई नगद १० हजार रुपैयाँ पुरस्कार राशी सहित सम्मान गरेको थियो ।  

     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend