२०८३, आश्विन १९ गते

images
  • स्थानीय
  • मन्त्रीभेट्नेदेखि सडक विभागमा जनप्रतिनिधिको धर्ना, तर...

मन्त्रीभेट्नेदेखि सडक विभागमा जनप्रतिनिधिको धर्ना, तर अधुरै राजविराज–छिन्नमस्ता सडक

मन्त्रीभेट्नेदेखि सडक विभागमा जनप्रतिनिधिको धर्ना, तर अधुरै राजविराज–छिन्नमस्ता सडक

आइतवार, भाद्र १६ २०८१०७:०९
आइतवार, भाद्र १६ २०८१०७:०९
  • images

    काठमाडौँ । राजविराज–छिन्नमस्ता सडक दुई वर्षदेखि निर्माणाधीन अवस्थामा छ । सप्तरीको प्रसिद्ध पवित्र धार्मिकस्थल छिन्नमस्ता भगवती शक्तिपीठसम्म पुग्ने उक्त सडक गत असारमै निर्माण सम्पन्न भइसक्नुपर्ने थियो । तर हालसम्म सो सडकको २९ प्रतिशत मात्र काम सकिएको छ ।

    ठाउँ ठाउँमा सडक भत्किएर पैदल हिँड्न समेत सकिने अवस्था छैन । जताततै  खाल्डाखुल्डी मात्रै छन् । सडकमा पानी जमेर पोखरी बनेको छ । मोटरसाइकल गुडाउन पनि समस्या भएको शक्तिपीठ दर्शन गर्न गएका बोदे बर्र्साइन नगरपालिका–३ का २८ वर्षीय धिरज यादवले बताए । ‘सडकको बेजोग छ, पैदल हिँड्न समेत नमिल्ने अवस्था छ’, उनले भने । 

    टेम्पो व्यवसायी सत्यनारायण चौधरी ठूलो सङ्ख्यामा आउने दर्शनार्थीलाई छिन्नमस्ता भगवती मन्दिर पुग्न कठिनाइ हुने गरेको बताउँछन् । ‘कुनै पनि बेला दुर्घटना हुनसक्ने खतरा छ, जोखिम मोलेर सवारीसाधन चलाउनुपर्ने अवस्था छ’, उनले भने । 

    हाल सो सडकखण्डमा बस सेवा बन्द छ । अटोरिक्सा मात्र चल्ने भएकाले उनीहरुले यात्रुबाट मनपरी भाडा लिने गरेको  ललापटीका रामप्रित यादवले बताए । बाटो बिग्रिएका कारण १० किलोमिटर यात्रा तय गर्न एक घण्टाभन्दा बढी समय लाग्ने गरेको उनको भनाइ छ । 

    सडक मर्मतको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीसहितको टोलीले लहानस्थित सडक डिभिजन कार्यालयमा धर्ना समेत दिएको थियो । ‘सडक मर्मतका लागि सडक डिभिजन कार्यालय लहानलाई पटक–पटक आग्रह गर्दैआएका छौँ, धर्ना पनि बस्यौँ, तर केही पहल भएको छैन्’
    उनले भने । 

    सडककै कारण पछिल्लो समय छिन्नमस्ता शक्तिपीठ आउने भक्तजनको सङ्ख्यामा कमी आएको उनको भनाइ छ । 

    स्थानीयले अविलम्ब उक्त सडक स्तरोन्नतिको माग गरेका छन् । राजविराज–छिन्नमस्ता–नेउर बोर्डर सडकखण्ड निर्माण कार्यको शिलान्यास २०७८ चैतमा गरिएको थियो । 

    उक्त सडक निर्माणका लागि सडक डिभिजन कार्यालय लहानले २५ करोड ८८ लाख रुपैयाँमा साह इन्जिनियरिङ प्रालि शम्भुनाथ सप्तरीलाई ठेक्का दिएको हो । सडक निर्माण गर्न २०७९ असारमा निमार्ण कम्पनी र सडक डिभिजन कार्यालयबीच सम्झौता भएको थियो । 

    सम्झौताअनुसार निर्माण कार्य गत असारमा सक्नुपर्ने थियो । उक्त सडक अब २०८२ असारसम्ममा निर्माण गरिसक्नुपर्ने सडक डिभिजन कार्यालय लहानका सूचना अधिकारी अश्विनी यादवले जानकारी दिए ।

    याे पनि:

    छिन्नमस्तासम्म पुग्ने सडक स्तरोन्नति नहुँदा सास्ती

    सडक मर्मत नभएको भन्दै धर्नामा बसे जनप्रतिनिधि

    समयमै सडक निर्माण सम्पन्न गर्न छिन्नमस्ताको आग्रह

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend