२०८३, आश्विन १९ गते

images

सार्वजनिक सेवा प्रसारणको नीति संशोधन गर्न आवश्यकः मन्त्री गुरुङ

सार्वजनिक सेवा प्रसारणको नीति संशोधन गर्न आवश्यकः मन्त्री गुरुङ

आइतवार, भाद्र १६ २०८१०६:१२
आइतवार, भाद्र १६ २०८१०६:१२
  • images

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक सेवा प्रशारणको नीति संशोधन गर्न आवश्यक रहेको बताएका छन्। आइतबार सिहंदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भएको सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ का सम्बन्धमा उपसमितिको प्रतिवेदन माथिको छलफलमा उनले नेपाल टेलिभिजनको आजसम्मको जे जस्तो गतिबिधि छ त्यसका सुधार नगरिकन उद्देश्य पूरा गर्न नसकिने बताए। 

    मन्त्री गुरुङले सार्वजनिक सेवा प्रसारणको नीति संशोधन गर्नुपर्ने आवश्यक्ता रहेको औंल्याए। ‘नेपाल टेलिभिजनको आजसम्म जे जस्तो गतिविधि छ। त्यसका सुधार नगरिकन उद्देश्य पनि पूरा गर्न नसकिने भयो। सार्वजनिक सेवा प्रसारणको नीतिको संशोधन गर्नुपर्ने छ,’ उनले भने, ‘आधुनिक प्रविधिको विकास भइसक्यो त्यसैले यो त्यही अनुसार चल्न सक्नुप¥यो त्यसैले पनि यो संशोधनमा ल्याएको हो।’

    उनले सार्वजनिक सेवा प्रसारण संस्थाहरु खोल्दा नितान्त सेवाको लागि मात्र खोलिएको भएपनि निजी क्षेत्रपनि समावेश भएसँगै प्रतिस्पर्धामा जान नसकेको बताए। सरकारी सेवाको लागि गठन गरेको संस्था राम्रोसँग सेवा पु¥याउन नसक्ने र प्रतिस्पर्धामा पनि जान नसक्ने र व्यवसायीकताको पनि विकास गर्न नसक्ने अवस्थामा रहेको टिप्पणी गरे। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend