२०८३, आश्विन १९ गते

images

रिलायन्स स्पीनिङ मिल्स आईपीओ प्रकरणः छानबिन गर्न धितोपत्र बोर्डले बनायो समिति

रिलायन्स स्पीनिङ मिल्स आईपीओ प्रकरणः छानबिन गर्न धितोपत्र बोर्डले बनायो समिति

शुक्रवार, पौष ४ २०८२१०:५८
शुक्रवार, पौष ४ २०८२१०:५८
  • images

    काठमाडौँ । अर्थमन्त्रालयले रिलायन्स स्पीनिङ मिल्सको शेयर बुक बिल्डिङ प्रक्रियामार्फत निस्काशनसँग सम्बन्धित काम–कारबाहीबारे निष्पक्ष छानबिन गर्न नेपाल धितोपत्र बोर्डले छानबिन समिति गठन गरेको छ । 

    बोर्डले बिहीबार १५ दिनभित्र प्रतिवेदन पेश गर्नेगरी बोर्डले छानबिन समिति गठन गरेको हो । 

    बोर्डको मंसिर ४ गतेको निर्णयअनुसार बोर्ड सदस्य बिनोद कुमार भट्टराईको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको हो। समितिमा बोर्ड सदस्यहरू आनन्दराज शर्मा वाग्ले र पिताम्बर भण्डारी सदस्य रहेका छन्।

    समितिलाई आवश्यक परेमा अन्य व्यक्तिलाई समेत आमन्त्रण गरी छानबिन प्रक्रिया अघि बढाउन सक्ने अधिकार दिइएको छ। 

    समितिले बुक बिल्डिङ प्रक्रियाबाट शेयर निस्काशन गर्दा अपनाइएका प्रक्रिया, कानुनी व्यवस्था तथा सम्भावित त्रुटिहरूको अध्ययन गरी तोकिएको समयसीमाभित्र प्रतिवेदन पेश गर्नेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend