काठमाडौँ । सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित आरोपमा अनुसन्धानको घेरामा रहेका दीपक भट्टमाथिको अनुसन्धान प्रक्रिया टुंगिएको छ । स्रोतका अनुसार लामो समयदेखि जारी अनुसन्धान निष्कर्षमा पुगेसँगै अब मुद्दा दर्ताको तयारी अन्तिम चरणमा पुगेको हो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भट्टसँग सम्बन्धित आर्थिक कारोबार, सम्पत्तिको स्रोत तथा विभिन्न वित्तीय गतिविधिहरूको विस्तृत अध्ययन गरेको थियो । अनुसन्धानका क्रममा संकलित प्रमाण तथा तथ्यहरूका आधारमा विभागले आफ्नो प्रतिवेदन तयार गरिसकेको बताइएको छ ।
अन्तिम निर्णय लिनुअघि डीजी ठाकुरले भेटे अर्थमन्त्री
मुद्दा दायर अघि उच्चस्तरीय परामर्श तीव्र बनाइएको छ । विभागका महानिर्देशक गजेन्द्र ठाकुरले बुधबार बिहानै अर्थमन्त्री डा स्वर्णीम वाग्लेसँग भेटवार्ता गरेका छन् । मंगलबार मात्रै पासपोर्ट रोक्काका लागि सिफारिस गरेका विभागले डीजीले बिहानै अर्थमन्त्रस् वाग्लेलाई भेटेका हुन् ।
उनीहरुबीच पछिल्लो केही दिन यता निरन्तर छलफल भइरहेको स्रोतको दाबी छ । विशेषगरी मुद्दा दर्ताको कानुनी प्रक्रिया, प्रमाणको पर्याप्तता र थप अनुसन्धानको आवश्यकताबारे अन्तिम निर्णय लिन छलफल केन्द्रित भएको जनाइएको छ ।
भट्टमाथि लागेको आरोप र अनुसन्धानको निष्कर्ष सार्वजनिक भएसँगै यस प्रकरणले राजनीतिक तथा प्रशासनिक वृत्तमा थप तरंग ल्याउने देखिएको छ । यद्यपि, सम्बन्धित निकायले औपचारिक धारणा सार्वजनिक नगरेसम्म सबै विवरण सार्वजनिक हुन बाँकी नै रहनेछ ।
बयानमा तानिए सरकारी बैंकका सीइओ
भट्टको अनुसन्धानका क्रममा धेरै व्यक्तिसँग विभागले बयान लिइसकेको छ । सुरुवाती चरणमा शंकर ग्रुपका संस्थापक अध्यक्ष शंकरलाल अग्रवालको परिवारकै बयान सकिएको छ । उनीहरुको बयान पछि विभागले हिमालयन रि इन्स्युरेन्सका सञ्चालकहरुसँग बयान लिएको थियो ।
विभागले शंकरलाल अग्रवाल उनका दुई छोरा शाहिर र सुलवसँगै बुहारी शुभी अग्रवाल, भट्टकी श्रीमति आयुस्मा नेपालको बयान लिएको थियो । यस्तै अमेरिकामा रहेकी भट्टकी सासुआमा अन्जना नेपालको समेत नेपाल झिकाएर बयान लिने तयारीमा विभाग थियो ।
उनीहरुसँगै विभागले मंगलबार मात्रै दुई सरकारी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सँग बयान लिएको थियो । बुधबार नेपाल बैंकका सीईओ तिलक राज पाण्डे तथा राष्ट्रिय वाणिज्य बैंकका सीईओ देबेन्द्र रमन खनालसँग बयान लिएको थियो ।
यस्तै, भट्टसँग कारोबार जोडिएका बीमा कम्पनीका सीईओ तथा उच्च तहका कर्मचारीहरुसँग समेत विभागले बयान लिइसकेको छ ।
हिमालन रिइन्स्योेरेन्समा कसको कति शेयर छ ?
हिमालयन रि–इन्स्योरेन्समा ४४ कम्पनी सहित १०७ जनाको लगानी रहेको पाइएको छ । बीमा प्राधिकरणले नयाँ रिइन्सुरेन्सका लाइसेन्स दिदा पेश गरिएको संस्थापक शेयरधनीहरुमा ४४ वटा प्राइभेट फर्म तथा कम्पनी सहित १०६ जनाको लगानी रहेको थियो ।
मारवाडी समुदायको प्रमुख लगानी रहेको सो कम्पनीमा उनीहरुले आफ्ना प्राइभेट फर्म तथा संस्थालाई अगाडि सारेका थिए । बीमा समितिले व्यक्ति भन्दा पनि संस्थागत लगानीकर्तालाई प्राथमिकता दिने बताउदै गर्दा हिमालयनले व्यवसायीको प्राइभेट फर्मलाई प्रमुख शेयरधनी बनाएको थियो ।
संस्थापक अध्यक्ष शेखर गोल्छाको पनि व्यक्तिगत रुपमा नभएर उनको हंशराज हुलास चन्द एण्ड कम्पनी प्रा.लीको तर्फबाट २० करोड रुपैयाँ लगानी गरेका थिए । संस्थापक अध्यक्ष रहेका गोल्छाले अहिले राजीनामा दिइसकेका छन् ।
उद्योगी व्यवसायीहरुको छाता संगठनको रुपमा रहेको नेपाल उद्योग वाणिज्य महासंघका निर्वतमान अध्यक्ष समेत रहेका गोल्छाले सम्पत्ति शुद्धीकरणको छानबिनमा पर्ने भएपछि राजीनामा दिएका थिए । उनले पदबाट राजीनामा दिएतापनि विभागले उनको समेत बयान लिइसकेको बुझिएको छ ।
इन्फिनिटी होल्डिङ्स प्रालिको तर्फबाट व्यवसायी दिपक भट्टको ४५ करोडको लगानी रहेको छ ।
यस्तै, कम्पनीको सञ्चालकहरुमा साहिल अग्रवाल, अमित मोर र रोहित गुप्ता छन् । कम्पनीको प्रमुख शेयरधनी तथा सञ्चालक साहिल अग्रवालले आफ्ना १० वटा प्राइभेट फर्म मार्फत डेड अर्ब रुपैयाँको लगानी गरेका छन् । तर व्यक्तिगत रुपमा साहिलको एक रुपैयाँ पनि लगानी छैन । उनले जगदम्वा स्टिल प्रा.लीको तर्फबाट २२ करोड, जगदम्वा मोटर्सको तर्फबाट ३२ करोड, किर्ती एपेक्सको, बंडर भेन्चर्स, उज्जीवन मर्चेन्ट, अजन्ता होल्डिङको तर्फबाट १०÷१० करोड, कारवी ग्लोबल, अटल क्यापिटल, एकाँर्ड क्यापफिन र कालिका फिनकोर्फको तर्फबाट १३.५०÷१३.३० करोड रुपैयाँ लगानी गरेका थिए ।
अर्काे सञ्चालक अमित मोर नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष शतिश मोरका छोरा हुन । हिमालयनमा शतिश मोरको गणपति वनस्पति प्रालीको तर्फबाट २२ करोड ५० लाख रुपैयाँ लगानी रहेको छ । अमित मोरको नाममा भने २ करोड ५० लाख रुपैयाँको शेयर रहेको छ ।
सञ्चालक रोहित गुप्ता भने उद्योगी रमेश गुप्ताका छोरा हुन् । रोहित गुप्ताले पनि टेलिडाइरेक्ट प्रा.लीको तर्फबाट ५ करोड, लुम्बिनी विद्युत उद्योगको तर्फबाट २ करोड, टेलिकम प्रालीको तर्फबाट २ करोड, युनिभर्सल इलेक्ट्रोकम प्रा.लीको तर्फबाट एक करोड रुपैयाँ लगानी रहेको छ ।
यसमा दुई सरकारी बैंक नेपाल बैंक र राष्ट्रिय बाणिज्य बैंकलाई एक अर्बको शेयर दिएका छन् ।
बिचाैलिया भट्ट माथि अनुसन्धानकाे समाचार सीएनएन खबरले अनुसन्धान सुरु भएदेखि नै प्रकाशन गर्द आएकाे छ । उनीसँग सम्बन्धीत समाचार यसअनुसार रहेकाे छ ।
धमाधम अनुसन्धानमा तानिदैँ हिमालयन रि का सञ्चालक, अग्रवाल परिवारकै बयान
सम्पत्ति लुकाउने दीपक भट्टको खेल फेलः सासुको नाममा खोलिएको कम्पनी निलम्बित
रास्वपा एक्शन मोडमा: भट्ट टार्गेट, हिमालयन रि वाट गोल्छा आउट
तत्कालीन प्रधानमन्त्री ओलीले रोकेका थिए भट्टको अनुसन्धान
सम्पत्ती शुद्धिकरण अनुसन्धान विभागले थाल्यो ठूला बिचौलियाको अनुसन्धान, यस्तो छ नालीबेली

