२०८३, आश्विन १९ गते

images

सरकारको नीति तथा कार्यक्रमलाई शेयरबजारको स्वागत, ४ अर्ब ६ करोडको कारोबार

सरकारको नीति तथा कार्यक्रमलाई शेयरबजारको स्वागत, ४ अर्ब ६ करोडको कारोबार

सोमवार, बैशाख २८ २०८३०३:२७
सोमवार, बैशाख २८ २०८३०३:२७
  • images

    काठमाडौँ । बालेन सरकारले सार्वजनिक गर्न लागेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको स्वागत गरेको छ । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अंकले बढेर स्वागत गरेको हो । 

    आज नेप्से परिसूचक ३८.१९ अंकले बढेर २ हजार ७८३ विन्दुमा बन्द भएको हो । आज १ करोड ४ लाख ३९ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ४ अर्ब ६ करोड १३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

    त्यसैगरी, आज २४७ कम्पनीको शेयर मूल्य बढेको छ भने १८ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ। ४ कम्पनीको शेयरमूल्य स्थिर छ ।

    फर्स्ट माइक्रो फाइनान्स लघुवित्तको शेयरमूल्य १४.१९ प्रतिशतले बढेको छ भने सर्वाधिक कारोबार रिलायन्स स्पिनिङ मिल्सको भएको छ । कम्पनीको २१ करोड ११ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend