२०८३, आश्विन १९ गते

images

नेप्से १० अंकले घट्यो, कारोबार रकम ३ अर्ब २९ करोड

नेप्से १० अंकले घट्यो, कारोबार रकम ३ अर्ब २९ करोड

बिहिवार, बैशाख ३१ २०८३०३:१५
बिहिवार, बैशाख ३१ २०८३०३:१५
  • images

    काठमाडौँ । साताको चौथो कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको छ। आज नेप्से परिसूचक १०.०७ अंकले घटेर २ हजार ७३०.१७ विन्दुमा बन्द भएको हो ।

    आज ७९ लाख ५८ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ३ अर्ब २९ करोड २ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

    त्यसैगरी, आज ८० कम्पनीको शेयर मूल्य बढेको छ भने १७४ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ। १४ कम्पनीको शेयरमूल्य स्थिर छ ।

    युनियन हाइड्रोपावरको शेयरमूल्य ९.७९ प्रतिशतले बढेको छ भने सर्वाधिक कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ । कम्पनीको ३७ करोड ६८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend