२०८३, आश्विन १९ गते

images
  • विशेष
  • बैंकिङ कसुर मुद्दा खेपिरहेका लम्साल नेकोको...

बैंकिङ कसुर मुद्दा खेपिरहेका लम्साल नेकोको डीसीईओ, बीमा प्राधिकरण भन्छ: ‘उच्च पदमा बस्न मिल्दैन

बैंकिङ कसुर मुद्दा खेपिरहेका लम्साल नेकोको डीसीईओ, बीमा प्राधिकरण भन्छ: ‘उच्च पदमा बस्न मिल्दैन

बुधवार, जेठ ६ २०८३१०:५४
बुधवार, जेठ ६ २०८३१०:५४
  • images

    काठमाडौँ । नेको इन्स्योरेन्स कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) गणेश लम्सालको नियुक्तीमा कानूनी प्रश्न उब्जिएको छ । 

    तत्कालीन बैंक अफ काठमाण्डुको कर्जा अपचलन मुद्दामा मुछिएका गणेश लम्साल नियम विपरित इन्स्योरेन्समा डीसीईओमा पदमा रहेको पाइएको छ । 

    तत्कालीन बैंक अफ काठमाण्डुको कर्जाका विषयमा हाल सर्वोच्च अदालतमा मुद्दा बिचाराधिन रहेको छ । उ्रक्त बैंकको क्षेत्रीय म्यानेजर रहेका लम्साल लगतै नेको इन्स्योरेन्समा आवद्ध भएका थिए । 

    कर्जा अपचलन मुद्दामा उच्च अदालत पाटनले उनीसहित बैंकका तत्कालीन सीईओ अजय श्रेष्ठ लगायत  १६ जनालाई मुद्दा दायर भएको थियो । 

    अदालतले सीईओ श्रेष्ठसहित बैंकका कर्मचारी किरण कुमार बोहोरा र ऋणका लागि नक्कली कागजात तयार पार्ने सुरेन्द्र श्रेष्ठलाई थुनामा पठाउने आदेश दिएर बाँकी रहेका कर्मचारीलाई धरौटीमा रिहाको आदेश दिएको थियो । 

    muddha.JPG

    अदालतले प्रतिवादीमध्ये भेषराज खत्री र गणेश लम्साललाई एक करोड ५८ लाख धरौटी माग गरेको थियो । अदालतको आदेश अनुसार धरौटी रकम बुझाएर लम्साल छुटेका थिए ।

    पछि यो मुद्दा २०८० असार २४ गते सर्वोच्च अदालतमा बैंकिङ कसुुरमा मुद्दा दायर भएको छ । यो मुद्दा किनारा नलाग्दै उनी २०७८ भदौमा नेको इन्स्योरेन्सको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा बढुवा भएका थिए । त्यसअघि उनी नेकोमा प्रमुख सञ्चालक अधिकृतको रुपमा भित्रिएका थिए । 

    वित्तीय क्षेत्रको नियमन तथा सुशासनसम्बन्धी प्रचलित मापदण्डअनुसार अदालतमा आर्थिक अनियमिततासम्बन्धी मुद्दा खेपिरहेका व्यक्तिलाई संवेदनशील पदमा नियुक्त गर्न नहुने व्यवस्था रहेपनि लम्साल नेको इन्स्योरेन्सको दोस्रो तहमा कार्यरत छन् । 

    बीमा कम्पनीको उच्च तहमा कार्यरत कर्मचारी कुनै पनि कसुरमा मुछिएको हुनुहुँदैन् । बीमा ऐनमा इन्स्योरेन्सका सीईओ बन्नका लागि कुनै पनि मुद्धा नलागेको हुनुपर्ने, यदी कसैलाई मुद्दा लागेमा सफाई पाएको ३ वर्षपछि मात्रै योग्य हुनुपर्ने उल्लेख छ ।

    लम्साल मुद्धाको किनारा नलाग्दै इन्स्योरेन्सको डीसीईओमा २०७८ सालदेखि कार्यरत छन् । उनी मुछिएको बैंकिङ कसुरमा सर्वोच्च अदालतले जेठ १९ गते अर्को पेशी तोकेको छ । 

    नियामक निकाय नेपाल बीमा प्राधिकरण पनि बैंकिङ कसुरमा मुछिएका व्यक्ति उच्च तहमा रहेर काम गर्न नहुने बताउँछन् । ऐनले सीईओ मात्रै उल्लेख गरेको भएपनि उच्च तहका कर्मचारी बैंकिङ कसुर वा अन्य कसुर लागेको भए पदमा बस्न नहुने प्राधिकरणका अधिकारीहरुको तर्क छ । 

    प्राधिकरणका प्रवक्ता पुजन ढुंगेल बैंकिङ कसुरका मुछिएका व्यक्ति सफाई नपाउँदासम्म काममा नआउनु नै ठिक हुने बताउँछिन् । 

    ‘बीमा कम्पनीका सञ्चालक र सीईओको बारेमा बीमा ऐनमा नै स्पष्ट भनिएको छ । तर, उहाँहरु बाहेक उच्च तहका कर्मचारीमाथि कुनै केश छ र त्यसमा सफाई पाएको छैन् भने नैतिकताको आधारमै काममा नआउनु राम्रो हुन्छ’, उनले भनिन् ।

    यद्यपी प्राधिकरणले उक्त कम्पनीलाई यस विषयमा सामान्य जानकारी समेत लिएको छैन । 

    लम्साल मुछिएको बैंकिङ कसुरमा जेठ १९ गते सर्वोच्चमा पेशी तोकेको छ । अदालतले पेशी तोकिरहँदा लम्साल भने सफाई पाएको दाबी गर्छन् । पेशीको प्रतिवादीमा उनको पनि नाम छ । 

    cib suchana.jpeg

    तर, उनले आफूले नियम अनुसार काम गरेको सीएनएन खबरसँग दाबी गरे । ‘मुद्धा पर्दैमा काम गर्न नमिल्ने भन्नै हुँदैन, मैले पाटन उच्च अदालतबाट सफाई पाएको डेढ वर्ष भयो । त्यसपछि अदालतले मलाई काम गर्न मिल्दैन, नगर भनेको छैन्, मैले काम गरिरहेको छु’ उनले भने । 

    उनले आफूसँगै उक्त मुद्धामा मुछिएका सबै कर्मचारीहरु अहिले पनि बैंक वित्तीय संस्थामै काम गरेको समेत दाबी गरे ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend