२०८३, आश्विन १९ गते

images

नेप्सेमा गिरावटको दबाब: १९८ कम्पनीको शेयर घट्दा परिसूचक १३.४६ अंकले ओरालो

नेप्सेमा गिरावटको दबाब: १९८ कम्पनीको शेयर घट्दा परिसूचक १३.४६ अंकले ओरालो

सीएनएन खबर
बिहिवार, जेठ २१ २०८३०३:२१
सीएनएन खबर
बिहिवार, जेठ २१ २०८३०३:२१
  • images

    काठमाडौँ । साताको चौथो कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १३.४६ अंकले घटेर २ हजार ७६६.७८ विन्दुमा बन्द भएको हो ।

    आज एक करोड ६ लाख १७ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ४ अर्ब ७० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

    त्यसैगरी, आज ६३ कम्पनीको शेयर मूल्य बढेको छ भने १९८ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ। ८ कम्पनीको शेयरमूल्य स्थिर छ ।

    कालिञ्चोक हाइड्रोपावरको शेयरमूल्य १४.९९ प्रतिशतले बढेको छ भने एभेष्ट बैकको सर्वाधिक कारोबार भएको छ । बैंकको ३४ करोड १ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend