काठमाडौँ । साताको पहिलो कारोबार दिन सोमबार पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २०.२७ अंकले घटेर २ हजार ७३५.१४ विन्दुमा बन्द भएको हो ।
आज ९२ लाख ३६ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ४ अर्ब ८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
त्यसैगरी, आज ४३ कम्पनीको शेयर मूल्य बढेको छ भने २२१ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ। ६ कम्पनीको शेयरमूल्य स्थिर छ ।
कालिञ्चोक हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सेन्ट्रल फाइनान्सको सर्वाधिक कारोबार भएको छ ।

