२०८३, आश्विन १९ गते

images

नेप्से झिनो अंकले घट्यो, ६ अर्ब ४४ करोडको कारोबारमा अधिकांश कम्पनीको शेयर मूल्य ओरालो

नेप्से झिनो अंकले घट्यो, ६ अर्ब ४४ करोडको कारोबारमा अधिकांश कम्पनीको शेयर मूल्य ओरालो

मंगलवार, जेठ २६ २०८३०३:२८
मंगलवार, जेठ २६ २०८३०३:२८
  • images

    काठमाडौँ । साताको दोस्रो कारोबार दिन मंगलबार पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक १.५४ अंकले घटेर २ हजार ७३३.५९ विन्दुमा बन्द भएको हो ।

    आज एक करोड २३ लाख ८२ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ६अर्ब ४४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

    त्यसैगरी, आज १०५ कम्पनीको शेयर मूल्य बढेको छ भने २५१ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ। १५ कम्पनीको शेयरमूल्य स्थिर छ ।

    सोपान फार्मास्युटिकल्स र कालिञ्चोक हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सेन्ट्रल फाइनान्सको सर्वाधिक कारोबार भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend