काठमाडौँ । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १२.२६ अंकले घटेर २ हजार ७११.७६ विन्दुमा बन्द भएको हो ।
आज एक करोड ७ लाख ३९ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ४ अर्ब ४१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
त्यसैगरी, आज ७३ कम्पनीको शेयर मूल्य बढेको छ भने १८८ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ। १२ कम्पनीको शेयरमूल्य स्थिर छ ।
सोपान फार्मास्युटिकल्स र एपोलो हाइड्रोपावरको शेयरमूल्य सर्किट लेभलमा बढेको भने आँखु खोला जलविद्यूत कम्पनीको सर्वाधिक कारोबार भएको छ ।

