साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक साढे ६ अंकले घटेको छ । आज नेप्से परिसूचक ६.३१ अंकले घटेर २ हजार ७०५.४५ विन्दुमा बन्द भएको हो ।
आज एक करोड ७ लाख ८ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ४ अर्ब ४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
त्यसैगरी, आज ८० कम्पनीको शेयर मूल्य बढेको छ भने १७७ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ। १५ कम्पनीको शेयरमूल्य स्थिर छ ।
सोपान फार्मास्युटिकल्स र एपोलो हाइड्रोपावरको शेयरमूल्य सर्किट लेभलमा बढेको भने आँखु खोला जलविद्यूत कम्पनीको सर्वाधिक कारोबार भएको छ ।

