२०८३, आश्विन १९ गते

images

साताको पहिलो दिन शेयर बजारमा सामान्य गिरावट, १४३ कम्पनीको मूल्य घट्यो

साताको पहिलो दिन शेयर बजारमा सामान्य गिरावट, १४३ कम्पनीको मूल्य घट्यो

सोमवार, आषाढ ८ २०८३०३:२०
सोमवार, आषाढ ८ २०८३०३:२०
  • images

    साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक १.४६ अंकले घटेर २ हजार ७००.४६ विन्दुमा बन्द भएको हो ।

    आज ८१ लाख ३८ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ४ अर्ब ४४ करोड ६५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

    त्यसैगरी, आज ११६ कम्पनीको शेयर मूल्य बढेको छ भने १४३ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ। १४ कम्पनीको शेयरमूल्य स्थिर छ ।

    टक्सार पिखुवा खोला हाइड्रोपावर र याम्बालिंग हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सोपान फार्मास्युटिकल्सको सर्वाधिक कारोबार भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend