२०८३, आश्विन १९ गते

images

नेप्सेमा दोहोरो दबाब : १४.४५ अंकको गिरावट, कारोबार रकम भने बढ्यो

नेप्सेमा दोहोरो दबाब : १४.४५ अंकको गिरावट, कारोबार रकम भने बढ्यो

बुधवार, आषाढ १० २०८३०३:३७
बुधवार, आषाढ १० २०८३०३:३७
  • images

    काठमाडौँ। साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। लगानीकर्ताको बिक्रीचाप बढ्दा नेप्से १४.४५ अंकले घटेर २ हजार ६६०.०२ विन्दुमा झरेको हो।

    यस दिन सेन्सेटिभ इण्डेक्स २.६० अंक, फ्लोट इण्डेक्स ०.९८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८३ अंकले घटेको छ। बजार परिसूचक ओरालो लागे पनि कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा सामान्य सुधार देखिएको छ।

    मंगलबार ४ अर्ब ३६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा बुधबार ४ अर्ब ४१ करोड ८६ लाख ७ हजार रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ।

    कारोबारमा आएका १३ उपसमूहमध्ये वित्त र व्यापार उपसमूह मात्रै हरियालीमा देखिए भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ। उत्पादन तथा प्रशोधन उपसमूह सर्वाधिक १.१० प्रतिशतले घट्दै बजारमा सबैभन्दा बढी दबाबमा परेको छ।

    यद्यपि केही कम्पनीका लगानीकर्ताले सकारात्मक प्रतिफल पाएका छन्। टक्सार पिखुवा खोला हाइड्रोपावर र याम्बालिङ्ग हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

    कारोबार रकमका आधारमा भने आँखुखोला जलविद्युत कम्पनी अग्रस्थानमा रह्यो। उक्त कम्पनीको २९ करोड ६२ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ।

    बजार विश्लेषकहरूका अनुसार अधिकांश उपसमूहमा बिक्रीचाप बढेका कारण नेप्से घटेको भए पनि कारोबार रकममा आएको सुधारले लगानीकर्ताको सक्रियता भने कायम रहेको संकेत गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend