काठमाडौँ । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १६.५४ अंकले घटेर २ हजार ६३२.९६ विन्दुमा बन्द भएको हो ।
आज ७६ लाख ९९ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा २ अर्ब ६७ करोड १८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
त्यसैगरी, आज २९ कम्पनीको शेयर मूल्य बढेको छ भने २४० कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ। ६ कम्पनीको शेयरमूल्य स्थिर छ ।
टक्सार पिखुवा खोला हाइड्रोपावर, स्नो रिभर्स र याम्बालिंग हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने ग्लोबल आईएमई बैंकको सर्वाधिक कारोबार भएको छ ।

