२०८३, आश्विन १९ गते

images

दुई दिनको सुधारपछि नेप्सेमा करेक्सन, ८.३० अंक घट्दा तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट

दुई दिनको सुधारपछि नेप्सेमा करेक्सन, ८.३० अंक घट्दा तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट

सीएनएन खबर
शुक्रवार, आषाढ १९ २०८३०३:३६
सीएनएन खबर
शुक्रवार, आषाढ १९ २०८३०३:३६
  • images

    काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। लगातार दुई कारोबार दिनको सुधारपछि शुक्रबार बजारमा सामान्य करेक्सन देखिएको हो।

    यस दिन नेप्से परिसूचक ८.३० अंकले घटेर २६५३.४० विन्दुमा झरेको छ। अघिल्लो कारोबार दिन ४ अर्ब ११ करोड रुपैयाँबराबरको शेयर कारोबार भएको बजारमा शुक्रबार ४ अर्ब ४१ करोड २३ लाख ४० हजार रुपैयाँबराबरको कारोबार भएको छ। यस अवधिमा ८५ लाख ८४ हजार कित्ता शेयर किनबेच भएका छन्।

    कारोबारका क्रममा तीन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सानिगाड हाइड्रोपावर, स्नो रिभर्स हाइड्रोपावर र कालंगा हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतले बढ्दै सकारात्मक सर्किटमा कारोबार भएको हो।

    त्यस्तै, नेपाल फाइनान्सको शेयर मूल्य करिब १५ प्रतिशतले वृद्धि भएको छ भने खानी खोला हाइड्रोपावरको शेयर मूल्य साढे ११ प्रतिशतभन्दा बढीले उकालो लागेको छ। केही जलविद्युत् तथा वित्तीय क्षेत्रका कम्पनीमा खरिद चाप कायम रहँदा ती कम्पनीका शेयरमा उल्लेख्य वृद्धि देखिएको हो।

    कारोबार रकमका आधारमा भने ४ प्रतिशत एग्रिकल्चरल बण्ड शीर्ष स्थानमा रहेको छ। उक्त बण्डको शुक्रबार मात्रै ४३ करोड रुपैयाँबराबरको कारोबार भएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend