काठमाडौँ । शेयर लगानीकर्ताहरुले मंगलबार नेपाल धितोपत्र बोर्ड (सेबोन) घेराउगर्न पुगेका छन् । शेयर बजारमा निरन्तर गिरावट आएपछि लगानीकर्ताहरु मंगलबार सेबोनको कार्यालय घेराउ गर्न पुगेका हुन् ।
शेयर लगानीकर्ता तिलक कोइरालाको नेतृत्वमा मंगलबार बिहान लगानीकर्ताहरू सेबोनको केन्द्रीय कार्यालय पुगेका हुन् । शेयर बजार बढाउनु मात्रै आफूहरूको माग नरहेको उनले बताए ।
लगानीकर्ताहरूले सेबोनको कार्यालय घेराउ गर्दै बजार सुधारका लागि तत्काल नीतिगत हस्तक्षेप गर्न सरकार र नियामक निकायसँग माग गरेका छन् ।

