२०८३, आश्विन १९ गते

images

आर्थिक वर्षको अन्तिम दिन नेप्सेमा हरियाली, परिसूचक ७.५० अंकले बढ्यो

आर्थिक वर्षको अन्तिम दिन नेप्सेमा हरियाली, परिसूचक ७.५० अंकले बढ्यो

बिहिवार, आषाढ ३२ २०८३०३:३५
बिहिवार, आषाढ ३२ २०८३०३:३५
  • images

    काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ। दिनभर उतारचढाव देखिएको बजार अन्तिम समयमा उकालो लाग्दै ७.५० अंकले बढेर २,५९७.८० बिन्दुमा बन्द भएको हो।

    कारोबारको अन्तिम पाँच मिनेटमा मात्रै नेप्से करिब १५ अंकले सुधारिएको थियो, जसले समग्र बजारलाई हरियो क्षेत्रमा पुर्‍याएको हो।

    बिहीबार ३७१ कम्पनीका ९४ लाख ६९ हजार ९९ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५६ करोड २९ लाख ५० हजार ७०० रुपैयाँ बराबरको कारोबार भएको छ।

    आजको कारोबारमा १२० कम्पनीको सेयर मूल्य बढ्दा १५२ कम्पनीको मूल्य घटेको छ भने बाँकी कम्पनीको मूल्य स्थिर रहेको छ।

    क्षेत्रगत रूपमा बैंकिङ, विकास बैंक, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा, ट्रेडिङ तथा अन्य समूहका उपसूचकमा वृद्धि भएको छ। यता होटल तथा पर्यटन, जलविद्युत्, वित्त, लगानीलगायत अन्य अधिकांश समूह भने ओरालो लागेका छन्।

    व्यक्तिगत कम्पनीतर्फ फर्स्ट माइक्रोफाइनान्स, चिर्खुवा हाइड्रोपावर, पियोर इनर्जी, माईखोला हाइड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंक, भुजुङ हाइड्रो र श्वेतगंगा हाइड्रोका लगानीकर्ताले उल्लेखनीय प्रतिफल कमाएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend