२०८३, आश्विन १९ गते

images
  • शेयर मार्केट
  • लगानीकर्ताको विश्वास बढाउने विषयमा प्रधानमन्त्रीको चासो,...

लगानीकर्ताको विश्वास बढाउने विषयमा प्रधानमन्त्रीको चासो, आज विशेष छलफल

लगानीकर्ताको विश्वास बढाउने विषयमा प्रधानमन्त्रीको चासो, आज विशेष छलफल

सोमवार, श्रावण ४ २०८३११:१०
सोमवार, श्रावण ४ २०८३११:१०
  • images

    काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आज मध्यान्ह १२:०० बजे पुँजी बजार, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रका सरोकारवाला व्यक्तित्वहरूसँग विशेष छलफल गर्दैछन् । 

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजना हुने बैठकमा नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष गोपाल भट्ट, नेपाल स्टक एक्स्चेन्ज (नेप्से) का अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर एशोसिएशन अफ नेपालका अध्यक्ष सागर ढकाल, नासा सेक्युरिटिजका सन्दीप जलान, नेप्सेका पूर्व प्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया, नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नवराज सिलवाल तथा नागरिक स्टक डिलर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेश्वर लाल श्रेष्ठ सहभागी हुने कार्यक्रम रहेको छ।

    त्यसैगरी, प्रिया राज रेग्मी र अम्बिका प्रसाद पौडेलको पनि बैठकमा सहभागिता रहने जनाइएको छ।

    बैठकमा पुँजी बजारको वर्तमान अवस्था, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रको सुदृढीकरण, नीतिगत सुधारका सम्भावित उपाय तथा समग्र राष्ट्रिय अर्थतन्त्रसँग सम्बन्धित समसामयिक विषयमा सरोकारवालासँग विस्तृत छलफल हुने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

    सरकारले वित्तीय क्षेत्रको सुधार, लगानीमैत्री वातावरण निर्माण तथा पुँजी बजारप्रति लगानीकर्ताको विश्वास अभिवृद्धि गर्ने उद्देश्यका साथ सरोकारवालासँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिएको बताइएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend