काठमाडौँ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। पछिल्ला पाँच कारोबार दिनदेखि बढिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
मंगलबार नेप्से परिसूचक ७.२५ अंक बढेर २७२६.४९ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ०.१८ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.१९ अंक बढेको छ। सेन्सेटिभ फ्लोट इण्डेक्स भने यस दिन स्थिर रहेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। सोमबार ५ अर्ब ५१ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४३ स्टकको ७५ हजार १० पटकको कारोबारमा ६ अर्ब ६७ करोड १० लाख १७ हजार रुपैयाँबराबरको १ करोड ४९ लाख २४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

