२०८३, भाद्र ४ गते

images

नेप्सेमा दोहोरो गिरावट, परिसूचकसँगै कारोबार रकम पनि घट्यो

नेप्सेमा दोहोरो गिरावट, परिसूचकसँगै कारोबार रकम पनि घट्यो

images
सीएनएन खबर
बुधवार, श्रावण ६ २०८३०३:५०
सीएनएन खबर
बुधवार, श्रावण ६ २०८३०३:५०
  • काठमाडौँ । बुधबार सेयर बजार मापक नेप्से परिसूचक र कारोबार रकम दुबै घटेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज सेयर बजार मापक परिसूचक १३.९३ अंकले घटेर २७१२.५४ बिन्दुमा झरेको छ ।

    यसैगरी, मंगलबारको तुलनामा बुधबार सेयर कारोबार रकममा पनि गिरावट आएको छ । नेप्सेका अनुसार आज ५ अर्ब १८ करोड ७४ लाख ६७ हजार ७३ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । मंगलबारको बजारमा  ६ अर्ब ६७ करोड १० लाख १७ हजार ९७१ रुपैयाँको बराबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएको १३ उपसमूहमध्ये ११ उपसमूहहरू घटेका छन् । बाँकी २ उपसमूहकोमात्र सेयर कारोबार बढेको छ। आज फाइनान्स क्षेत्र र उत्पादन तथा प्रशोधन क्षेत्र तर्फको सेयर मूल्य बढेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend