२०८३, आश्विन १९ गते

images

उतारचढावपूर्ण कारोबारपछि नेप्से ७.७९ अंकले घट्यो, चार अर्बभन्दा बढीको शेयर कारोबार

उतारचढावपूर्ण कारोबारपछि नेप्से ७.७९ अंकले घट्यो, चार अर्बभन्दा बढीको शेयर कारोबार

बुधवार, श्रावण १३ २०८३०३:५६
बुधवार, श्रावण १३ २०८३०३:५६
  • images

    काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज दिनभरजसो उतारचढावपूर्ण हुँदै अन्तिम समयमा सामान्य अङ्कले घटेको छ । 

    नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक सात दशमलव ७९ अङ्कले घटेर दुई हजार ६८८ दशमलव ८८ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ७८ अङ्कले घटेर ४७० मा पुगेको छ । त्यस्तै फ्लोट सूचक शून्य दशमलव ६५ अङ्कले घटेर १८४ दशमलव ५७ मा पुगेको छ ।

    त्यस्तै सेन्सेटिभ फ्लोट सूचक शूल्य दशमलव ४२ अङ्कले घटेर १५९ दशमलव २७ मा पुगेको छ । आज विभिन्न कम्पनीका ९७ लाख ७७ हजार ५१२ कित्ता शेयर रु चार अर्ब दुई करोड ९३ लाख ९० हजार ३५१ मूल्यमा खरिद बिक्री भएको छ ।

    आज १३ उपसमूहमध्ये दुई उपसमूह बढ्यो भने ११ उपसमूह घटेको छ । आज ७८ कम्पनीको शेयर बढ्यो भने  १८६ कम्पनीको शेयर घट्यो । त्यसैगरी ११ कम्पनीको शेयर स्थिर रह्यो ।

    नेप्सेका अनुसार आज एभरेष्ट कलर लिमिटेड, स्नो रिर्भस लिमिटेड, नबिल व्यालेन्स फण्डलगायत लगानीकर्ताले कमाएका छन् । त्यस्तै गरी गरिमा समृद्धि योजना, सिभिल बैंक डिबेञ्चर, मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडलगायतका लगानीकर्ताले गुमाएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend