२०८३, भाद्र ४ गते

images

नेप्सेमा दोहोरो अङ्कको सुधार, १८० कम्पनीको सेयर मूल्य बढ्दा कारोबार ३.७५ अर्ब रुपैयाँ

नेप्सेमा दोहोरो अङ्कको सुधार, १८० कम्पनीको सेयर मूल्य बढ्दा कारोबार ३.७५ अर्ब रुपैयाँ

images
शुक्रवार, श्रावण १५ २०८३०३:४९
शुक्रवार, श्रावण १५ २०८३०३:४९
  • काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ९६ अङ्कले बढेर दुई हजार ६८५ दशमलव ५४ अङ्कमा पुगेको छ । 
     
    ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ४४ अङ्कले बढेर ४७० दशमलव १३ पुगेको छ । त्यस्तै फ्लोट सूचक एक अङ्कले बढेर १८४ दशमलव ५९ मा पुगेको छ ।
     
    त्यस्तै, सेन्सेटिभ फ्लोट सूचक शूल्य दशमलव ७७ अङ्कले बढेर १५९ दशमलव ४८ मा पुगेको छ ।
     
    आज विभिन्न कम्पनीका ८८ लाख ५१ हजार २१६ कित्ता सेयर रु तीन अर्ब ७५ करोड ९७ लाख २२ हजार ३४० मूल्यमा खरिद बिक्री भएको छ । आज १३ उपसमूहमध्ये ११ उपसमूह बढेका छन् भने दुई उपसमूह घटेका छन् । 
     
    आज १८० कम्पनीको सेयर बढ्यो भने ८२ कम्पनीको सेयर घट्यो । त्यसैगरी १३ कम्पनीको सेयर स्थिर रह्यो । नेप्सेका अनुसार आज एभरेष्ट कलर लिमिटेड, लक्ष्मी भ्यालु फण्ड र जोशी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । 
     
    त्यस्तैगरी बोर्टलर्स नेपाल(तराई) लिमिटेड, कालिञ्चोक हाइड्रोपावर कम्पनी र कर्पाेरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend