२०८३, भाद्र ४ गते

images

नेप्से सामान्य अंकले ओरालो, कारोबार रकम भने ४ अर्ब ५७ करोड नाघ्यो

नेप्से सामान्य अंकले ओरालो, कारोबार रकम भने ४ अर्ब ५७ करोड नाघ्यो

images
सोमवार, श्रावण १८ २०८३०३:२३
सोमवार, श्रावण १८ २०८३०३:२३
  • काठमाडौँ । साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य गिरावटसँग बन्द भएको छ। अघिल्लो कारोबार दिन वृद्धि भएको बजार सोमबार १.२० अंकले घट्दै २,६८४.३३ विन्दुमा पुगेको हो।

    यस दिन सेन्सेटिभ इन्डेक्स भने ०.४९ अंकले बढ्दा फ्लोट इन्डेक्स ०.१४ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.१७ अंकले उकालो लागेको छ।

    परिसूचकमा सामान्य गिरावट आए पनि कारोबार रकममा उल्लेखनीय सुधार देखिएको छ। सोमबार ३४९ वटा कम्पनीका १ करोड १४ लाख ४९ हजार कित्ता शेयर ६३ हजार ६४८ पटक खरिद–बिक्री हुँदा कुल ४ अर्ब ५७ करोड २० लाख ८४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो शुक्रबार भने ३ अर्ब ७५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।

    कारोबारका क्रममा एभरेष्ट कलर लिमिटेडको शेयर मूल्य लगातार दोस्रो दिन पनि सकारात्मक सर्किट लेभलमा पुगेको छ। कम्पनीको शेयर मूल्य १९६ रुपैयाँ ३० पैसाले बढेर १,५०५ रुपैयाँ ६० पैसामा कायम भएको छ। त्यसैगरी सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्य ११.५ प्रतिशतभन्दा बढी र महुली लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ७ प्रतिशतभन्दा बढीले बढेको छ।

    यता, रिलायन्स स्पिनिङ मिल्सका लगानीकर्ताले सबैभन्दा बढी घाटा बेहोरेका छन्। कम्पनीको शेयर मूल्य ७.४० प्रतिशतले घटेको छ।

    कारोबार रकमका आधारमा पनि रिलायन्स स्पिनिङ मिल्स नै अग्रस्थानमा रह्यो। कम्पनीको २७ करोड ६२ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ। त्यसपछि रिडी पावर कम्पनीको करिब २१ करोड रुपैयाँ र ग्लोबल आइएमई बैंकको १९ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

    उपसमूहतर्फ १३ मध्ये ८ उपसमूह हरियालीमा रहे भने ५ उपसमूहमा सामान्य गिरावट देखियो। बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा, लघुवित्त, म्युचुअल फन्ड र निर्जीवन बीमा उपसमूहमा सामान्य वृद्धि हुँदा अन्य उपसमूहका परिसूचक घटेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend