२०८३, आश्विन १९ गते

images

नेप्से १५ अंकले बढ्यो, कारोबार रकम २ अर्ब ९४ करोड पुग्यो

नेप्से १५ अंकले बढ्यो, कारोबार रकम २ अर्ब ९४ करोड पुग्यो

बुधवार, भाद्र १७ २०८३०३:३७
बुधवार, भाद्र १७ २०८३०३:३७
  • images

    काठमाडौँ । बुधबार सेयर बजार बढेको छ । बुधबार सेयर बजार मापक नेप्से परिसूचक १५.४४ अंक बढेर २५३८.११ विन्दुमा पुगेको छ।

    सेयर बजारसंगै आज कारोबार रकम पनि सामान्य बढेको छ। मंगलबार २ अर्ब ९० करोड रुपैयाँबराबरको सेयर कारोबार भएको बजारमा आज २ अर्ब ९४ करोड २७ लाख ८१ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।

    आज कारोबारमा आएको उपकार लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सर्वाधिक ११.८७ प्रतिशत बढेको छ। यसैगरी, आज माथिल्लो मैलुङ्ग खोला जलविद्युतको सेयरमूल्य १० प्रतिशतभन्दा बढी बढेको छ भने आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य १० प्रतिशतभन्दा बढी बढेको छ।

    कारोबार रकमका आधारमा आज सानिमा मिडिल तमोर हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आज १४ करोड १७ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। यसैगरी, आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको साढे १२ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ भने सोलु हाइड्रोपावरको कारोबार रकम १२ करोड रुपैयाँ नाघेको छ।

    आज कारोबारमा आएको १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ०.९५ प्रतिशत बढेको छ। कारोबारमा आएको म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक यस दिन सामान्य अंक घटेको हो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend