२०८३, आश्विन १९ गते

images

साताको पहिलो दिन शेयर बजार हरियाली, नेप्से २५६० अंकमाथि

साताको पहिलो दिन शेयर बजार हरियाली, नेप्से २५६० अंकमाथि

सोमवार, भाद्र २२ २०८३०४:०५
सोमवार, भाद्र २२ २०८३०४:०५
  • images

    काठमाडौँ । साताको पहिलो दिन आज शेयर बजार दोहोरो अंकले बढेको छ । पौने ४ अर्ब बढीको कारोबार भएको छ । 

    नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १८.०७ अंकले बढेको हो । ०.७१ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २५६०.८४ अंकमा पुगेको छ । 

    समग्रमा बजार बढे पनि फाइनान्स ०.४३ र ट्रेडिङ समूह ०.०९ प्रतिशतले घटेको छ । बाँकी अरु समूहमा हरियाली छाएको छ । 

    आज ३५२ कम्पनीका ९२ लाख ९८ हजार ९४ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८३ करोड १५ लाख ८४ हजार ४ सय २३.१६ रुपियाँ बराबरको कारोबार भएको छ । 

    पियोर इनर्जी लिमिटेडका लगानीकर्ताहरुले सबैभन्दा बढी १५ प्रतिशतले नाफा कमाएका छन् भने इमर्जिङ नेपाल, सिन्धु विकास बैंक, जानकी फाइनान्स र अपर लोहोरेका शेयरधनीहरुले क्रमशः १५, १५, १४.९९ र १३.३३ प्रतिशतले घाटा व्यहोरेका छन् । 

    आज रिलायन्स स्पिनिङको उच्च कारोबार भएको छ । उक्त कम्पनीको २५ करोड २१ लाख ६६ हजार १ सय २२.५० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend