२०८३, आश्विन १९ गते

images

नेप्से १५ अंकले घट्यो, कारोबार रकम ४ अर्ब १९ करोड

नेप्से १५ अंकले घट्यो, कारोबार रकम ४ अर्ब १९ करोड

सीएनएन खबर
बुधवार, भाद्र २४ २०८३०३:४९
सीएनएन खबर
बुधवार, भाद्र २४ २०८३०३:४९
  • images

    काठमाडौँ । सेयर बजारमा १५.४३ अंकको गिरावट आएको छ । बुधबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.४३ अंकले घटेर २५४५.४० बिन्दुमा खुम्चिएको छ ।

    अघिल्लो कारोबार दिन अर्थात् सोमबार भने नेप्से १८.०७ अंकले बढेर २५६० बिन्दुमा उक्लिएको थियो ।

    आज नेप्सेमा कुल ४ अर्ब १९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार भने नेप्सेमा कुल ३ अर्ब ७९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    बुधबार कारोबारमा आएकामध्ये ७४ कम्पनीको सेयर मूल्य बढ्दा १९२ कम्पनीको घटेको छ । यस्तै, ११ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend