२०८३, आश्विन १९ गते

images

४८.५७ अंकले बढ्यो नेप्से परिसूचक, कारोबार रकम ८ अर्ब २९ करोड माथि

४८.५७ अंकले बढ्यो नेप्से परिसूचक, कारोबार रकम ८ अर्ब २९ करोड माथि

मंगलवार, भाद्र ३० २०८३०३:३६
मंगलवार, भाद्र ३० २०८३०३:३६
  • images

    काठमाडौँ ।  सेयर बजारमा मंगलबार उल्लेख्य सुधार आएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४८.५७ अंकले बढेर २६३३.६२ बिन्दुमा पुगेको छ।

    आज बजारमा ८ अर्ब २९ करोड १७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। यो असार ३० गतेपछिकै उच्च कारोबार हो। असार ३० गते नेप्सेमा ८ अर्ब ४१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।

    आज ३४७ कम्पनीका २ करोड ३ लाख ८७ हजार कित्ता सेयर किनबेच भएका छन्। कारोबार रकमसँगै बजारमा अधिकांश कम्पनीको सेयर मूल्य बढेको छ।

    यस दिन नेप्सेका १३ वटै उपसूचक हरियाली भएका छन्। जीवन बीमा, निर्जीवन बीमा र वित्त समूहका कम्पनीको सेयर मूल्यमा तुलनात्मक रूपमा बढी वृद्धि भएको छ।

    मंगलबार २६५ कम्पनीको सेयर मूल्य बढेको छ भने १२ कम्पनीको सेयर मूल्य घटेको छ। एक कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।

    आज ३० प्रतिशत नगद लाभांश घोषणा गरेको रिलायन्स स्पिनिङ मिल्सको सेयर सर्वाधिक कारोबार भएको छ। त्यसपछि शिवम् सिमेन्ट, अपी पावर, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, लिबर्टी इनर्जी, लक्ष्मी सनराइज बैंक, सानिमा मिडल तमोर हाइड्रोपावर, सोलु हाइड्रोपावर, ङादी ग्रुप पावर र गरिमा विकास बैंकको सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend