२०८३, आश्विन १९ गते

images
  • मनोरन्जन
  • गायिका रचना रिमाल अस्वस्थ, हेलिकोप्टरबाट काठमाडौं...

गायिका रचना रिमाल अस्वस्थ, हेलिकोप्टरबाट काठमाडौं ल्याइयो

गायिका रचना रिमाल अस्वस्थ, हेलिकोप्टरबाट काठमाडौं ल्याइयो

मंगलवार, जेठ २७ २०८२०३:१८
मंगलवार, जेठ २७ २०८२०३:१८
  • images

    काठमाडौं । अचानक स्वास्थ्य समस्या देखिएकपछि गायिका रचना रिमाल अस्पताल भर्ना भएकी छन्। सांगीतिक कार्यक्रमका लागि रूकुम पश्चिम पुगेकी उनको स्वास्थ्यमा अचानक समस्या देखिएको हो। सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मगाएर उनलाई रूकुम पश्चिमबाट नेपालगञ्ज लगिएको थियो।

    नेपालगञ्जबाट मंगलबार बिहान उनलाई काठमाडौं ल्याएर अस्पताल भर्ना गरिएको स्रोतले जनाएको छ। सोमबार रूकुम पुगेकी उनले मंगलबार रूकुम पश्चिम सानिभेरीको बेलटापुमा सञ्चालन भइरहेको महोत्सवमा प्रस्तुति दिने तयारी थियो। तर मंगलबार बिहान अचानक पेट दुखेपछि उनलाई काठमाडौं ल्याइएको हो। अहिले उनको काठमाडौस्थित ह्याम्स अस्पतालमा उपचार भइरहेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend