२०८३, आश्विन १९ गते

images
  • विशेष
  • सीएनएन खबर दोस्रो वर्षमा, हरित ऊर्जा...

सीएनएन खबर दोस्रो वर्षमा, हरित ऊर्जा विषेशाङ्क सार्वजनिक

सीएनएन खबर दोस्रो वर्षमा, हरित ऊर्जा विषेशाङ्क सार्वजनिक

बिहिवार, जेठ २९ २०८२१०:१५
बिहिवार, जेठ २९ २०८२१०:१५
  • images

    काठमाडौँ । ‘सबैको साझा, निष्पक्ष पत्रकारिता’को नारा लिएर एक वर्षअघि सुुरु गरिएको सीएनएन खबर डटकम दोस्रो वर्षमा प्रवेश गरेको छ । शानिस मिडिया प्रालिले सञ्चालन गरेको यस सीएनएन खबरले यो अवधिमा धैरै अनुभव, चुनौति र समस्याको सामना गर्नुपर्‍यो, जसलाई हामीले ऐतिहासिक ज्ञान मानेका छौँ । सोही कारण हामीलाई बलियो हुन, जनताका मद्दा, चासो र सरोकारलाई यहाँहरु माझ पस्कन उत्प्रेरित गरेको छ । हामीले देखेका छौँ, डिजिटल दुनियाँमा थप नयाँ सम्भावना छन् । 

    पत्रकारिता समाजको दर्पण हो । त्यही भएर आवाजविहीनहरुको आवाज बन्नुपर्छ । हाम्रो मुख्य उद्धेश्य यही हो । बदलिँदो विश्व परिवेश, पत्रकारितामा थपिएका नयाँ आयाम हाम्रा लागि सिकाइ र चुनौति दुबै हो । सुशासन कायम गराउन सत्तामा रहेकाहरूलाई खा्ेजमूलक समाचारमार्फत झक्झक्याइरहने छौँ र, यसका लागि नयाँ प्रस्तुतिकरणमा जोड दिनेछौँ ।

    लोकतन्त्र नै उन्नत व्यवस्था हो, यसको विकल्प अझ सुधारिएको लोकतन्त्र भन्दा अर्काे छैन र होइन भन्ने कुुरामा हामी दृढ छौँ । हो, लोकतन्त्रले खोजेको आर्थिक क्रान्ति अझै भइसकेको छैन । आर्थिक सुधार नहुँदा आम मानिसमा निरासा छाएको छ, लगानीको वातावरण नहुँदा युवा पलायन बढिरहेको छ । यसलाई रोक्न त सकिदैँन तर, अर्थतन्त्रको सवलिकरण गरेर देशमा आमूल परिवर्तन गर्न सकिन्छ भन्नेमा हामी आशावादी छौँ । त्यसका लागि नयाँ प्रविधिको प्रयोगमा हामी जोड दिन्छौँ । जसले विकास निर्माणलाई सहज, तीव्र गराउन मद्धत गर्छ भन्ने हाम्रो बुुझाई छ । 

    दोस्रो वार्षिकोत्सवको अवसरमा हामीले ‘हरित ऊर्जा’को विषयवस्तुलाई प्राथमिकता दिएर ‘म्यागेजिन’ प्रकाशन थालनी गरेका छौँ । पछिल्लो समय नेपाल जलवायु परिवर्तनको उच्च चपेटामा परेको छ । हाम्रा हिमाल कालापथ्थरमा परिणत भइरहेका छन्, जसले ऊर्जा संकट निम्त्याउने जोखिम उतिकै छ । यसको दीगो समाधानका लागि हरित ऊर्जा पनि एउटा विकल्प हो भन्ने पुष्टि भइसकेको छ । सौर्य, जलवायु, जैविक र अन्य नवीकरणीय ऊर्जाका स्रोतहरूको सम्भावनाको खोजीका लागि कुनै न कुनै क्षेत्रबाट पहल हुनुपथ्र्याे, त्यो प्रयास हामीले गर्यौँ । नेपालले जलविद्युत क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गरेता पनि अन्य हरित ऊर्जा क्षेत्रमा भएको प्रयास नगन्य देखिन्छ । यद्यपि, सरकारी, निजी क्षेत्र र अन्तर्राष्ट्रिय साझेदारीमा हरित उर्जामा केही प्रयास नभएका होइनन्, जुन प्रयाप्त छैन । 

    विश्वका थुप्रै मुुलुकहरूले हरित ऊर्जा उत्पादन र उपभोगलाई प्राथमिकता दिएका छन् । कार्बन उत्सर्जन घटाउने दीर्घकालीन योजना अघि सारेर सौर्य तथा वायु ऊर्जामा ठूलो मात्रामा लगानी गरिरहेका छन् । जलवायु सम्मेलन (कोप २८) र पेरिस सम्झौताका माध्यमबाट विश्व समुदायले सन् २०५० भित्र कार्बन न्यूट्रल बन्ने साझा संकल्प गरेका छन । प्राकृतिक स्रोत साधनयुक्त नेपाल पनि त्यसका लागि अघि बबढ्नुपर्छ र ठूलो नाफा लिन सक्ने सम्भावना छ । 

    किनकि, हामीसँग हजारौं मेगावाट जलविद्युत उत्पादन गर्ने क्षमता छ र सौर्य उर्जा उत्पादनको अपार सम्भावना पनि । ग्रामीण क्षेत्रको विद्युतीकरण, कृषि यान्त्रिकरण, स्वच्छ खाना पकाउने प्रविधि, र यातायातमा विद्युतीय प्रणालीको विस्तारका लागि हरित उर्जा नै दीर्घकालीन विकल्प बन्न सक्छ । वैकल्पिक ऊर्जा क्षेत्रमा निजी लगानी आकर्षित गर्ने नीतिगत सुधार, कर छुट, प्राविधिक सहयोग, तथा जनचेतना अभिवृद्धिको माध्यमबाट नेपालले हरित ऊर्जा क्षेत्रमा ठूलो फड्को मार्न सक्ने अवसर छ ।

    यही हरित उर्जाको आवश्यकता, सम्भावना र अवसरहरुका विविध सन्दर्भलाई म्यागेजिनमा समेटेका छौँ ।

    विभिन्न विज्ञहरुको विचार, विशेष खोजमूलक सामग्री र अन्तर्वार्ता यसमा छन् । जसले हरित उर्जा क्षेत्रमा नयाँ किसिमको बहस र पृथक ‘कोर्स क्रियट’ हुने हाम्रो अपेक्षा छ । साथै, नीति निर्मातालाई यसमा प्रकाशित सामग्री सन्दर्भ सामग्री हुनेछ ।

    हामी आगामी दिनमा पनि विकास, नीति, प्रविधि, सामाजिक र वातावरणीय विषयमा गहिरो विश्लेषणात्मक सामग्री प्रकाशन गर्नेछौँ ।

    यस अंकका लागि हामीलाई विश्वास गरेर सूचना उपलब्ध गराउने स्रोत, लेखक, विज्ञप्रति कृतज्ञ छौँ । यो म्यागेजिनको प्रकाशनका लागि सहयोग गर्ने सम्पूर्ण विज्ञापनदाताप्रति आभारी छौँ । यो प्रकाशनमा अहोरात्र खटिने हाम्रा पत्रकार, सम्पादीय टीमसहित सम्पूर्ण सहकर्मीप्रति हार्दिक सादुवाद । 

    अध्यक्ष
    शानिस मिडिया प्रा.लि.

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend