२०८३, आश्विन १९ गते

images

कमाइमा ‘सितारे जमीन पर’ ले पाँच ठूला बलिउड फिल्मलाई उछिन्यो

कमाइमा ‘सितारे जमीन पर’ ले पाँच ठूला बलिउड फिल्मलाई उछिन्यो

सीएनएन खबर
बिहिवार, आषाढ १९ २०८२१२:२९
सीएनएन खबर
बिहिवार, आषाढ १९ २०८२१२:२९
  • images

    काठमाडौं । आमिर खान स्टारर बलिउड फिल्म 'सितारे जमीन पर' ले बक्स अफिसमा धमाकेदार कमाइ गर्दै पाँच ठूला बलिउड फिल्मलाई पछि पारेको छ। १२ औं दिनसम्म फिल्मको भारतमै कुल कमाइ १३१.४४ करोड रुपैयाँ पुगेको छ भने विश्वव्यापी कलेक्सन २०२.४ करोड पुगेको छ।

    पहिलो दिन १०.७ करोडको ओपनिङ गरे पनि पहिलो हप्तामै ८८.९ करोड कमाएर फिल्मले बलियो पकड बनाएको थियो। यसले काबिल, रुस्तम, गंगुबाई काठियावाडी, एयरलिफ्ट र स्त्रीलाई लाइफटाइम कमाइमा पछि पारेको छ।

    २०१८ को स्पेनिस फिल्म च्याम्पियन्स को आधिकारिक रिमेक रहेको सितारे जमीन पर आरएस प्रसन्नको निर्देशनमा बनेको हो। आमिर खान र जेनेलिया डिसुजासहित अरुष दत्ता, गोपी कृष्णन वर्मा, वेदान्त शर्मा आदिको अभिनय रहेको फिल्म आमिरको होम प्रोडक्सनबाट बनेको हो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend