२०८३, भाद्र ४ गते

images
  • समाचार
  • उडान सुरक्षामा क्यानका महानिर्देशकको गम्भीर लापरबाहीः...

उडान सुरक्षामा क्यानका महानिर्देशकको गम्भीर लापरबाहीः एटीसिको दरबन्दी, नियुक्ती इन्जिनियर

उडान सुरक्षामा क्यानका महानिर्देशकको गम्भीर लापरबाहीः एटीसिको दरबन्दी, नियुक्ती इन्जिनियर

images
आइतवार, माघ १८ २०८२१२:४८
आइतवार, माघ १८ २०८२१२:४८
  • काठमाडौँ । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) का निमित्त महानिर्देशक देवचन्द्रलाल कर्णको एउटा निर्णय विवादमा तानिएको छ । 

    कर्णले केही दिन अघि हवाई सुरक्षा विभागको निर्देशकमा सुरेश साहलाई दिएकाे जिम्म्वारी नै विवादमा तानिएकाे हाे । पेशाले रेडियो इन्जिनियर रहेका उनलाई एटीसीको जिम्मेवारी दिईएको हो । प्राधिकरणको १० औँ तहबाट शाहको ११ औँ तहमा ६ महिना अघि मात्रै बढुवा भएको थियो । बढुवा भएर उनी एयर एभिएसन सेफ्टी विभागमा कार्यरत रहँदै आएका थिए । उक्त विभागमा कार्यरत शाहको कर्णले माघ ४ गते निर्णय गर्दै हवाई सुरक्षा विभागमा सरुवा गरेका थिए । 

    एटीसीको पदमा इन्जिनियरलाई जिम्मेवारी दिएर उनले उडान सुरक्षामा लापरबाही गरेको कर्मचारीहरुले आरोप लगाएका छन् ।महानिर्देशक कर्णले हाल सरुवा गरिएको विभागमा एयर ट्राफिक कन्ट्रोलर सेवाका कर्मचारीबाहेक अन्य समूहलाई कानुनले रोकेको छ । कानुनलाई नै मिचेर उनले शाहलाई जिम्मेवारी दिएका हुन् । 

    प्राधिकरणको आधिकारिक कर्मचारी ट्रेड युनियन नेपाल राष्ट्रिय कर्मचारी संगठन र एटीसीको छाता संगठनको रुपमा रहेको नेपाल हवाई यातायात नियन्त्रक संघले छुट्टा छुट्टै विज्ञप्ती जारी गर्दै उक्त निर्णय तत्काल सञ्चाउन आग्रह गरेका छन् । 

    यसअघि प्राधिकरणकै सेफ्टी विभागका प्रमुख भएका कर्णले आफु मातहतका मानिसहरुलाई जिम्मेवारी दिदा उडान सुरक्षाको चुनौती थपिएको उनीहरुको भनाई छ ।

    atc.jpegनेपाल हवाई यातायात नियन्त्रक संघले जारी गरेको विज्ञप्तिमा उक्त निर्णय नागरिक उड्डयन प्राधिकरण कर्मचारी नियमावली, २०६६ को मर्म, भावना र स्पष्ट व्यवस्थाको उल्लङ्घन भएको उल्लेख गरिएको छ । संघका अनुसार एभिएसन सेफ्टी निर्देशकजस्तो पद अत्यन्त संवेदनशील हुन्छ र यसका लागि उच्च प्राविधिक विवेक, अनुभव तथा संस्थागत ज्ञान आवश्यक पर्छ । यस्तो पदमा गैर–सम्बन्धित सेवा समूहका कर्मचारीलाई जिम्मेवारी दिनु उड्डयन सुरक्षा प्रणालीमा नकारात्मक असर पार्न सक्ने संघको ठहर छ । 

    नेपाल हवाई यातायात नियन्त्रक संघका अध्यक्ष मुरारी पौडेलले दरबन्दी कायम रहेको ठाउँमा अयन्त्र बाट कर्मचारी आउँदा त्यसले उडान सुरक्षामा नै असर गर्ने देखिएको बताउँछन् । 

    संघले हवाई सुरक्षा जस्तो संवेदनशील क्षेत्रमा सम्बन्धित योग्यता, अनुभव र दक्षताबाहेकका व्यक्तिलाई जिम्मेवारी दिनु सम्पूर्ण उड्डयन सुरक्षामाथि गम्भीर प्रश्न खडा गर्ने विषय भएको उल्लेख गरेको छ ।

    karmachari.jpegयस्तै, नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष सुवास कोइरालाले उक्त निर्णयको विरोध गरे । उनले हवाई सुरक्षा जस्तो संवेदनशील र उच्च व्यवसायीक दक्षता आवश्यक पर्ने निकायमा सम्बन्धित योग्यता, अनुभव तथा स्वीकृत दरबन्दी बाहिरका व्यक्तिलाई जिम्मेवारी दिनु प्रचलित कानुन, नियमावली तथा संस्थागत मापदण्डको स्पष्ट सिद्धान्त विपरीत रहेको बताउँदै सो निर्र्णयले सम्पूर्ण उडड्यन सुरक्षामाथि गम्भीर प्रश्न उठाएको बताए ।

    ईयूले नेपालले नियमनको काम नै नगर्ने आरोप लागिरहँदा यसले झन थप मलजल गरेको छ । हवाई सुरक्षा सुनिश्चित गर्नका लागि अत्यन्तै शंवेदनशिल उक्त पदमा कुनै जानकारी नै नभएको मान्छेलाई नियमावली विपरित नियुक्त गर्दा वायुसेवा र अन्य सेवा प्रदायले पाउने सेवामा चुनौती थप गर्छ । 

    अन्य सेवाप्रदायकले गरेको कामको नियमन गर्ने व्यक्ति नै विषय विज्ञ नहुँदा त्यसले झन जोखिम निम्त्याउने देखिएको छ । ईयूले नियमनको क्षमता नै छैन भनिरहँदा यस्ता नियुक्तीले पछिल्ला दिनहरुमा झन नेपाल प्रति हेर्ने दृश्टिकोण नै नकारात्मक हुने जानकारहरु बताउँछन् ।

    बुद्धको भरतपुर उडानः सुटुक्क अनुमति, नियामक मौन बुद्धको भरतपुर उडानः सुटुक्क अनुमति, नियामक मौन

    उच्च जोखिममा बुद्धको भरतपुर उडान, जुनसुकै बेला हुनसक्छ ठूलो दुर्घटना ! उच्च जोखिममा बुद्धको भरतपुर उडान, जुनसुकै बेला हुनसक्छ ठूलो दुर्घटना !

    भद्रपुर उडानमा बुद्ध एयरको गम्भीर लापरवाही, हटायो अपरेशन प्रमुख भद्रपुर उडानमा बुद्ध एयरको गम्भीर लापरवाही, हटायो अपरेशन प्रमुख

    दुर्घटना जाँचबुझ समिति गठन नहुँदै किन निकालियो बुद्धको जहाज ? दुर्घटना जाँचबुझ समिति गठन नहुँदै किन निकालियो बुद्धको जहाज ?

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend