२०८३, आश्विन १९ गते

images

नेप्से ११ अंकले बढ्यो, कारोबार रकम साढे ५ अर्ब नाघ्यो

नेप्से ११ अंकले बढ्यो, कारोबार रकम साढे ५ अर्ब नाघ्यो

बिहिवार, आश्विन १ २०८३०३:१३
बिहिवार, आश्विन १ २०८३०३:१३
  • images

    काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। अघिल्ला तीन कारोबार दिनमा १०२ अंकले बढेको बजारमा बुधबार सामान्य करेक्सन देखिए पनि बिहीबार पुनः सुधार आएको हो।

    बिहीबार नेप्से परिसूचक ११.९३ अंकले बढेर २ हजार ६२४.३६ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इन्डेक्स २.०७ अंक, फ्लोट इन्डेक्स ०.९५ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.८३ अंकले बढेका छन्।

    नेप्सेसँगै कारोबार रकममा पनि सामान्य वृद्धि भएको छ। बुधबार ५ अर्ब ३८ करोड रुपैयाँबराबरको कारोबार भएकोमा बिहीबार ३३९ स्टकको ५१ हजार ७२८ पटकको कारोबारबाट ५ अर्ब ४९ करोड ९३ लाख १६ हजार रुपैयाँबराबरको १ करोड ३६ लाख १० हजार कित्ता शेयर किनबेच भएको छ।

    यस दिन धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १२.४३ प्रतिशतले बढेको छ। नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब साढे ६ प्रतिशत तथा माउन्टेन हाइड्रो नेपालको शेयरमूल्य साढे ५ प्रतिशतले बढेको छ।

    घट्ने कम्पनीहरूको शेयरमूल्यमा भने ३ प्रतिशतभन्दा कमको गिरावट देखिएको छ।

    कारोबार रकमका आधारमा बिहीबार सिद्धार्थ बैंक शीर्ष स्थानमा रहेको छ। बैंकको ३३ करोड ६२ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ।

    बैंकले कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेपछि यसको शेयरमा लगानीकर्ताको आकर्षण बढेको हो। त्यस्तै, शिवम् सिमेन्ट्सको २७ करोड रुपैयाँभन्दा बढी र सोलु हाइड्रोपावरको करिब २४ करोड रुपैयाँबराबरको शेयर कारोबार भएको छ।

    बिहीबार कारोबारमा आएका १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूह घटेका छन्।

    जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.०८ प्रतिशतले बढेको छ। लगानी र अन्य उपसमूहको परिसूचक भने सामान्य अंकले घटेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend