२०८३, आश्विन १९ गते

images

खारेज भएन अवकाश कोष, विभागले भन्योः समयभित्रै तोकिएका कोषमा हस्तान्तरण भए अग्रिम करकट्टी गर्नु पर्दैन

खारेज भएन अवकाश कोष, विभागले भन्योः समयभित्रै तोकिएका कोषमा हस्तान्तरण भए अग्रिम करकट्टी गर्नु पर्दैन

बुधवार, आषाढ ३२ २०८२०१:२८
बुधवार, आषाढ ३२ २०८२०१:२८
  • images

    काठमाडौँ । सरकारले बजेट मार्फत आवकाश कोष खारेजीको निर्णय कार्यान्वयनमा आउने भएको छ । 

    सार्वजनिक संस्थानहरुमा लामो समयदेखि सञ्चालित अवकाश कोषहरु खारेज गरेर सरकारले तोकिएका ४ कोषमा जानुपर्ने बाध्यात्मक व्यवस्था बजेटमा समावेश गरेको थियो । 

    बजेटमा समावेश व्यवस्थालाई नै निरन्तरता दिदैँ आन्तरिक राजश्व विभागले एक सूचना जारी गर्दै समयभित्रै तोकिएका कोषमा हस्तान्तरण भए अग्रिम करकट्टी गर्नु नपर्ने व्यवस्था रहेको उल्लेख छ । 

    बजेट मार्फत अवकाश कोष खारेजीमा परेको भन्दै बैंक तथा वित्तीय संस्थाहरुले विरोध गर्दै आन्दोलनको चेतावनी समेत दिएका थिए । उनीहरुको चेतावनी पश्चात अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै कर्मचारीहरुलाई समस्या नपर्नेगरी सम्बोधन हुने जनाएका थिए । 

    तर, उनले कुनै पनि समस्या नपर्नेगरी सम्बोधन हुने बताएतापनि विभागले बजेटमा भएकै व्यवस्था लागूहुने भन्दै सूचना जारी गरेको हो । 

    WhatsApp Image 2025-07-16 at 12.23.13 PM.jpeg

    ‘२०८३ साल असार मसान्त वा उल्लिखित अवकाश कोषमा आवद्ध भएको मितिमा जुन पहिले हुन्छ सो मितिदेखि साविकमा विभागबाट स्वीकृति लिएका अवकाश कोषहरू स्वीकृत अवकाश कोषको रूपमा नरहने अवस्था रहेको छ। उक्त कोषहरूमा योगदानबापतको रकम जम्मा गर्नेहरूले साविकमा स्वीकृत अवकाश कोषमा योगदान गरेसरहको आयकर ऐन बमोजिमको सुविधा प्राप्त गर्न २०८३ असार मसान्त वा उल्लिखित अवकाश कोषमा आवद्ध भएको मितिमा जुन पहिले हुन्छ सो मिति पश्चात कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, योगदानमा आधारित सामाजिक सुरक्षा कोष तथा निवृत्तभरण कोषद्वारा सञ्चालित अवकाश कोषमा योगदानबापतको रकम जम्मा हुनेगरी व्यवस्था गरिएको छ’, सूचनामा भनिएको छ । 

    सम्बन्धित समाचार  :

    अर्थमन्त्रीले संसदमा भनेः अवकाश कोष खारेजीले कर्मचारीको सुविधामा कटौती हुँदैन, यो विषय समस्याको रुपमा रहदैन

    बैंक तथा वित्तीय संस्था ठप्प पार्ने चेतावनी दिएका बैकर्सले भेटे प्रधानमन्त्री र अर्थमन्त्री, के भयो कुराकानी ?

    सरकारको नियत बैंक तथा वित्तीय संस्थालाई ठग्ने, लुट्ने र पेल्ने मात्रै देखियो

    बैंक तथा वित्तीय संस्थाका तिन वटै ट्रेड युनियनको एकै स्वरः अवकाश कोष खारेजीको निर्णय फिर्ता नभए बैंक ठप्प पछौँ

    सरकारले अवकाश कोष खारेजीको निर्णय संशोधन नगरे आन्दोलनमा उत्रिन्छौंः छगेन्द्र आचार्य (अन्तरवार्ता/भिडियो)

     अवकाश कोष खारेजीको निर्णयमा बैंकर आक्रोसित, संशोधन नभए आन्दोलन गर्ने

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend