२०८३, आश्विन १९ गते

images
  • विशेष
  • साढे ९ वर्षसम्म निर्माण नसकेका ठेकेदारका...

साढे ९ वर्षसम्म निर्माण नसकेका ठेकेदारका अध्यक्ष सिंह भन्छ्नः सरकारले बीना जानकारी रुग्ण आयोजनाको ठेक्का तोड्यो

साढे ९ वर्षसम्म निर्माण नसकेका ठेकेदारका अध्यक्ष सिंह भन्छ्नः सरकारले बीना जानकारी रुग्ण आयोजनाको ठेक्का तोड्यो

मंगलवार, मंसिर २३ २०८२०३:५२
मंगलवार, मंसिर २३ २०८२०३:५२
  • images

    काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारले बीना जानकारी रुग्ण आयोजनाको ठेक्का सम्झौता रद्द गर्न थालेको बताएका छन् । 

    मंगलबार नेपाल पुर्वाधार पत्रकार समाजले काठमाडौँमा आयोजना गरेको  ‘रुग्ण ठेक्का व्यवस्थापन सम्बन्धी’ सरोकारवाला निकायसँग संवाद कार्यक्रममा उनले सो कुरा बताएका हुन् । 

    लामो समयदेखि निर्माण सम्पन्न नभएका आयोजनाको पछिल्लो समय सरकारले ठेक्का सम्झौता तोड्न थालेको छ । जिम्मा लिने तर समयमै काम सम्पन्न नगर्ने प्रवृत्ति बढ्न थालेपछि पछिल्लो समय तीन मन्त्रालयको जिम्मा सम्हालेका मन्त्री कुलमान घिसिङले ठेक्का तोड्न थालेका हुन ।

    सरकारले बीना जानकारी ठेक्का तोडेको भन्दै गुनासो गरेका उनै सिंहले साढे ९ वर्षदेखि काठमाडौँमा एउटा आयोजना अलपत्र बनाएका छन् । २०७३ को असारमा निर्माण सम्झौता भएको १३ महिनाभित्र सम्पन्न गर्ने भनिएतापनि अध्यक्ष सिंहले साढे ९ महिना बितिसक्दा सम्पन्न गर्न नसकेका हुन् । 

    उनको कम्पनी महादेव खिम्ती निर्माण सेवा, अनक कन्ट्रक्सन र बंगलादेशी कम्पनी साम्जोनामनि सहित ३ कम्पनीले संयुक्त रुपमा जिम्मा लिएको चोभारस्थित पुष्प तथा फलफूल थोक बजारको काम अझै अलपत्र अवस्थामा रहेका छन् । 

    त्यहाँ निर्माण भएका भवनमा पानी चुहिन थालेका छन् भने निर्माण स्थलमा राखिएका जेनेरेटर लगायतका उपकरण काम नै नलाग्ने अवस्थामा पुगेका छन् ।

    १३ महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता अनुसार ठेक्का सम्झौता भएपनि ११ पटक म्याद थप हुँदा समेत निर्माण सम्पन्न भएको छैन् । समयमा काम पुरा नहुँदा त्यसको लागत बढेर ४० करोड बढी पुगेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । 

    निर्माण सम्झौता गर्दा ३५ करोड रुपैयाँमा गर्ने भनिएकोमा समयसँगै लागत बढ्दा सरकारलाई ठूलो नोक्सानी भएको छ । 

    सरकारी बजेटमा ठेकेदार रवीको रजाइँ, भुक्तानी लिन्छन् काम गर्दैनन् सरकारी बजेटमा ठेकेदार रवीको रजाइँ, भुक्तानी लिन्छन् काम गर्दैनन्

     

    रवि सिंहको बदमासीः १३ महिनामा सक्नुपर्ने काम ९६ महिनामा पनि सकिएन रवि सिंहको बदमासीः १३ महिनामा सक्नुपर्ने काम ९६ महिनामा पनि सकिएन

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend