२०८३, आश्विन १९ गते

images
  • विशेष
  • सीएनएन समाचार प्रभावः अपर तामाकोशीका सीईओ...

सीएनएन समाचार प्रभावः अपर तामाकोशीका सीईओ गौतमले दिए राजीनामा

सीएनएन समाचार प्रभावः अपर तामाकोशीका सीईओ गौतमले दिए राजीनामा

मंगलवार, माघ २० २०८२१२:५१
मंगलवार, माघ २० २०८२१२:५१
  • images

    काठमाडौँ  अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मोहन गौतमले राजीनामा दिएका छन् । २०७९ को चैत १५ गते ४ वर्षे कार्यकालका लागि सीईओमा नियुक्त भएका उनले केही दिनअघि राजीनामा दिएका थिए । 

    सोमबार बसेको कम्पनीको सञ्चालक समितिले उनले दिएको राजीनामा समेत स्वीकृत गरिसकेको छ । उनले बाेर्डमा केही दिन अघि नै राजीनामा बुझाएकाे बुझिएकाे छ । तर् बाेर्ड बैठकले उनकाे राजीनामा स्वीकृत गरेकाे थिएन । 

    प्राधिकरणको १२ औँ तहका कर्मचारीका रुपमा रहेका उनले गत साउन २२ गते नै अवकाश लिइसकेका छन् । कर्मचारीको रुपमा कम्पनीमा गएको र पदावधि सकिसकेपछि पनि नियमित रुपमा कार्यरत रहेको भन्दै सीएनएन खबरले केही दिनअघि मात्रै समाचार प्रकाशन गरेको थियो । 

    अपर तामोकोशीको सीईओ नै अवैधः ४ वर्षे नियुक्ती, साढे २ वर्षमै अवकाश, तर निरन्तर कार्यरत अपर तामोकोशीको सीईओ नै अवैधः ४ वर्षे नियुक्ती, साढे २ वर्षमै अवकाश, तर निरन्तर कार्यरत

    प्राधिकरणका कर्मचारी नियमावलीअनुसार तोकिएको कार्यकाल पूरा हुनुअघि अवकाश पाएपछि सम्बन्धित व्यक्ति मूल निकायको कर्मचारीको हैसियतमा नरहने व्यवस्था छ । तर उक्त प्रावधान विपरीत, अवकाशपछि पनि अपर तामाकोशी जलविद्युत् कम्पनीमा सीइओकै भूमिकामा निरन्तर कार्यरत रहेको सीएनएनले खुलासा गरेको थियो । 

    उनको विषयमा सीएनएनले समाचार प्रकाशन गरेपछि बोर्ड बैठकमा उनकाे राजीनामाकाे विषयमा कुरा उठेर स्वीकृत भएकाे एक सञ्चालकले जानकारी दिए । 

    ‘उनी सीईओ पदका लागि योग्नै नै देखिएन । प्राधिकरणका कर्मचारीको रुपमा कम्पनीका सीईओ नियुक्त गरिएको हो । कर्मचारी नै नभएपछि सीईओ पद उहाँले स्वत छोड्नु पथ्यो । त्यो गर्नु भएन हामीले उहाँलाई छोड्न आग्रह गरेका थियौँ । सोही अनुसार उहाँले राजीनामा दिनुभयो । सोमबारको बैठकले उहाँको राजीनामा स्वीकृत गर्याे’, ती सञ्चालकले भने । 

    बोर्डले उनको राजीनामा स्वीकृत गर्दै नेपाल विद्युत प्राधिकरणका १० औँ तहका कर्मचारी (हाल कम्पनीमा कार्यरत) पूर्ण गोपाल श्रेष्ठलाई निमित्तको जिम्मेवारी दिईएको बोर्डले जनाएको छ । 

    सोमबारको बैठकले सीईओसँगै कम्पनी सचिवको समेत राजीनामा स्वीकृत गरेको छ । कम्पनीमा लेखा शाखा प्रमुख सुरेश खकुरेल कम्पनी सचिवका रुपमा दोहोरो जिम्मेवारीमा थिए । लेखा प्रमुखलाई नै कम्पनी सचिवको जिम्मेवारी दिदाँ स्वार्थ बाझिन सक्ने भन्दै उनलाई समेत राजीनामा गराउन लागिएको थियो ।

    बोर्डका सञ्चालक समितिको दबाबमा राजीनामा दिएका उनको सोमबारको बैठकले स्वीकृत गरेको हो । उनले राजीनामा स्वीकृत भएतापनि नयाँ कम्पनी सचिवको जिम्मेवारीमा विवाद भएपछि नयाँ जिम्मेवारी दिईएको छैन् । 

    सञ्चालक समितिका एक सदस्यका अनुसार सोमबार कम्पनीका अध्यक्ष हितेन्द्रदेव शाक्यले आफू मातहतका कर्मचारीलाई कम्पनी सचिवको जिम्मेवारी दिन लागेका थिए । तर, अन्य बोर्ड सदस्यले नमानेपछि उक्त निर्णय नै हुन सकेन् । 

    ‘प्राधिकरणका डन कर्मचारीका रुपमा रहेकालाई निमित्त सीईओको जिम्मेवारी दिईएको छ । फेरी प्राधिकरणकै कर्मचारीलाई कम्पनी सचिवको जिम्मेवारी दिने हो भने पब्लिक कम्पनीको अर्थ नै रहदैँन, यसैत कम्पनीमा प्राधिकणले हस्तक्षप गर्दै आएको छ । सबै ठाउँमा प्राधिकरणकै कर्मचारी राख्ने हो भने त्यसपछि यसको अवस्था के होला, ती सञ्चालकले प्रश्न गर्दै भने । 

    साधारण सभाको कुरै उठेन

    तीन आर्थिक वर्षदेखि साधारण सभा हुन नसकेको कम्पनीको सोमबार बसेको बैठकमा साधारण सभाको कुरै नउठेको पाइएको छ । केही दिनअघि सीएनएनले सोधेको प्रश्नमा सीईओ गौतमले आगामी फागुनभित्र साधारण सभा सम्पन्न गर्नेगरी तयारी थालिएको बताएका थिए । 

    उनले फागुनभित्रै सकिने भन्दै समय नतोकिएको भनिरहँदा सोमबारको बैठकमा उक्त विषयमा कुनै नभएको पाइएको हो । 

    कम्पनीका तत्कालीन अध्यक्ष कुलमान घिसिङ र हालका अध्यक्ष हितेन्द्रदेव शाक्यकै कारण ३ वर्षदेखि साधारण सभा रोकिदैँ आएको हो । सोमबारको बैठकमा विवादीत सीईओको राजीनामा स्वीकृत गरेर शाक्य बाहिरिएका थिए । 

    उनले प्राधिकरणकै कर्मचारीलाई कम्पनी सचिवको जिम्मेवारी दिने निर्णय सुनाएका थिए । उनको निर्णयमा अन्य सञ्चालकले प्रश्न गरेपछि उनी बाहिरिएको एक सञ्चालकले बताए । 

    कानुन बेवास्ता गर्दै अपर तामाकोशी, ३ वर्षदेखि सेयरधनी अन्धकारमा कानुन बेवास्ता गर्दै अपर तामाकोशी, ३ वर्षदेखि सेयरधनी अन्धकारमा

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend