२०८३, आश्विन १९ गते

images
  • समाचार
  • पक्राउ पर्दै दीपक भट्टका साझेदारः शंकर...

पक्राउ पर्दै दीपक भट्टका साझेदारः शंकर ग्रुपका संस्थापक अग्रवाल पक्राउ,  छोराको पासपोर्ट रोक्का

पक्राउ पर्दै दीपक भट्टका साझेदारः शंकर ग्रुपका संस्थापक अग्रवाल पक्राउ,  छोराको पासपोर्ट रोक्का

शनिवार, चैत्र २१ २०८२०७:००
शनिवार, चैत्र २१ २०८२०७:००
  • images

    काठमाडौं । शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ परेका छन्। उनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो। सम्पत्ति शुद्धीकरण विभागको आग्रहमा सीआईबीले उनलाई शुक्रबार पक्राउ गरेको हो। शुक्रबार नै बयान पनि लिएर उनलाई जिल्ला प्रहरी परीसर ललितपुरको हिरासतमा राखिएको छ।

    शंकर अग्रवाल नेपालको एउटा प्रमुख व्यावसायिक घराना शंकर ग्रुपका अध्यक्ष हुन्। शंकर अग्रवालले पछिल्लो समय छोराहरू साहिल र सुलभसहित व्यवसायी दीपक भट्टसँग साझेदारीमा अफ्नो व्यवसाय विस्तार गर्दै आइरहेका थिए। 

    दीपक भट्ट अनुसन्धानमा तानिएपछि धमाधम अध्यक्ष छाड्दै साझेदारः गोल्छापछि क्रेस्ट माइक्रोका अध्यक्ष मोरले दिए राजीनामा दीपक भट्ट अनुसन्धानमा तानिएपछि धमाधम अध्यक्ष छाड्दै साझेदारः गोल्छापछि क्रेस्ट माइक्रोका अध्यक्ष मोरले दिए राजीनामा प्रहरी स्रोतका अनुसार भट्टसँग सम्बन्धित प्रकरणमा अनुसन्धान अगाडि बढाउँदै जाँदा शंकरलाल अग्रवालको भूमिका देखिएपछि उनलाई नियन्त्रणमा लिइएको हो। हाल उनीमाथि आवश्यक अनुसन्धान जारी रहेको छ।

    यसैबीच, शंकरलाल अग्रवाल पक्राउ परेसँगै उनका छोरा सुलभ अग्रवालको पासपोर्ट पनि रोक्का गरिएको छ। अध्यागमन विभागले शुक्रबारदेखि लागू हुने गरी अग्रवालका दुईवटा राहदानीहरू रोक्का गरेको हो ।

    विभाग स्रोतका अनुसार अग्रवालले प्रयोग गर्दै आएका राहदानी नं ११७७०६७४ र BA००१०३०९ रोक्का गरिएको छ। उनका व्यवसायीक साँझेदारसँगै बुबा समेत पक्राउ परेपछि उनी विदेश भाग्ने सम्बावना भएको भन्दै उनको समेत पासपोर्ट रोक्का गरिएको विभागले जनाएको छ । 

    प्रकरणबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ भने अनुसन्धान जारी रहेकाले अन्य व्यक्तिहरू पनि तानिन सक्ने अनुमान गरिएको छ।

    रास्वपा एक्शन मोडमा: भट्ट टार्गेट, हिमालयन रि वाट गोल्छा आउट रास्वपा एक्शन मोडमा: भट्ट टार्गेट, हिमालयन रि वाट गोल्छा आउट यसअघि सुलभ अग्रवाल कालोबजारीको आरोपमा पक्राउ परेका थिए । कोरोना महामारीको समयमा ज्वरो नाप्ने थर्मल गन महँगो मूल्यमा बेच्न खोजेका भन्दै उनलाई पक्राउ गरिएको थियो ।

    कीर्गिस्तानमा अवैतानिक महावाणिज्य दूत समेत रहेका उनले कालोबजारी गर्ने क्रममा कूटनीतिक नियोगको गाडी प्रयोग गरेको पाइएको छ । उनको साथबाट २०९ एचसीसी १ नम्बरको गाडी प्रहरीले बरामद गरेको थियो । 

    सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा बिहीबार सीआईबीबाट पक्राउ परेका भट्टलाई जिल्ला अदालत काठमाडौँले १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। 

    भट्टसहित उनका साझेदारहरूलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ५ अर्ब बढीको विगोसहित मुद्दा चलाउने तयारी गरेको छ। 

    बिचाैलिया भट्ट माथि अनुसन्धानकाे समाचार सीएनएन खबरले अनुसन्धान सुरु भएदेखि नै प्रकाशन गर्द आएकाे छ । उनीसँग सम्बन्धीत समाचार यसअनुसार रहेकाे छ ।

    सम्बन्धीत समाचार:

    बिचौलीया भट्टलाई १० दिन हिरासतमा राख्न अदालतले दियो अनुमति

    धमाधम अनुसन्धानमा तानिदैँ हिमालयन रि का सञ्चालक, अग्रवाल परिवारकै बयान

    सम्पत्ति लुकाउने दीपक भट्टको खेल फेलः सासुको नाममा खोलिएको कम्पनी निलम्बित

     तत्कालीन प्रधानमन्त्री ओलीले रोकेका थिए भट्टको अनुसन्धान

     सम्पत्ती शुद्धिकरण अनुसन्धान विभागले थाल्यो ठूला बिचौलियाको अनुसन्धान, यस्तो छ नालीबेली

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend