२०८३, भाद्र ४ गते

images
  • विशेष
  • दीपक भट्ट अनुसन्धानमा तानिएपछि धमाधम अध्यक्ष...

दीपक भट्ट अनुसन्धानमा तानिएपछि धमाधम अध्यक्ष छाड्दै साझेदारः गोल्छापछि क्रेस्ट माइक्रोका अध्यक्ष मोरले दिए राजीनामा

दीपक भट्ट अनुसन्धानमा तानिएपछि धमाधम अध्यक्ष छाड्दै साझेदारः गोल्छापछि क्रेस्ट माइक्रोका अध्यक्ष मोरले दिए राजीनामा

images
शुक्रवार, चैत्र २० २०८२१२:४२
शुक्रवार, चैत्र २० २०८२१२:४२
  • काठमाडौँ । सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानमा व्यवसायी दीपक भट्ट तानिएसँगै उनका नजिकका साझेदारहरू धमाधम पदबाट बाहिरिन थालेका छन्। सम्भावित कानुनी कारबाहीको डरले उनीहरूले जिम्मेवारीबाट अलग हुने क्रम तीव्र बनेको हो ।

    यसअघि हिमालयन रि–इन्स्युरेन्सका अध्यक्ष शेखर गोल्छाले पदबाट राजीनामा दिएका थिए। सोही क्रममा भट्टसँग जोडिएको क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष ऋषिराज मोरले पनि आफ्नो पद छाडेका छन्।

    रास्वपा एक्शन मोडमा: भट्ट टार्गेट, हिमालयन रि वाट गोल्छा आउट रास्वपा एक्शन मोडमा: भट्ट टार्गेट, हिमालयन रि वाट गोल्छा आउट मोरले चैत ६ गते नै सञ्चालक समिति सदस्य र अध्यक्ष पदबाट राजीनामा दिएको र उक्त राजीनामा चैत १९ गते बसेको सञ्चालक समिति बैठकले स्वीकृत गरेको कम्पनी स्रोतले जनाएको छ।

    यसबीच, अनुसन्धानको केन्द्रमा रहेका भट्टलाई अदालतले १० दिनको म्याद थप गर्दै थुनामा राख्न अनुमति दिएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई बिहीबार पक्राउ गरेको थियो।

    भट्टमाथि अनुसन्धान टुंगियो, अन्तिम चरणमा उच्चस्तरीय परामर्श भट्टमाथि अनुसन्धान टुंगियो, अन्तिम चरणमा उच्चस्तरीय परामर्श सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अनुसार भट्टमाथि अवैध रूपमा आर्जित सम्पत्ति धितोपत्र बजार तथा अन्य क्षेत्रमा लगानी गरेको आरोप छ। उनीविरुद्ध बिमा ऐन, २०७९ को दफा (४) अन्तर्गतका कसुरसमेत आकर्षित हुने देखिएको छ।

    हाल भट्टको प्रारम्भिक बयान सकिए पनि थप अनुसन्धान तथा बयान प्रक्रिया जारी रहेको विभागले जनाएको छ। दीपक भट्टको अनुसन्धान अन्तिम चरणमाः पासपोर्टदेखि विभिन्न कम्पनीमा रहेको सेयर रोक्का, बैंक खाता निगरानीमा दीपक भट्टको अनुसन्धान अन्तिम चरणमाः पासपोर्टदेखि विभिन्न कम्पनीमा रहेको सेयर रोक्का, बैंक खाता निगरानीमा

    बिचाैलिया भट्ट माथि अनुसन्धानकाे समाचार सीएनएन खबरले अनुसन्धान सुरु भएदेखि नै प्रकाशन गर्द आएकाे छ । उनीसँग सम्बन्धीत समाचार यसअनुसार रहेकाे छ ।

    सम्बन्धीत समाचार:

    बिचौलीया भट्टलाई १० दिन हिरासतमा राख्न अदालतले दियो अनुमति

    धमाधम अनुसन्धानमा तानिदैँ हिमालयन रि का सञ्चालक, अग्रवाल परिवारकै बयान

    सम्पत्ति लुकाउने दीपक भट्टको खेल फेलः सासुको नाममा खोलिएको कम्पनी निलम्बित

     तत्कालीन प्रधानमन्त्री ओलीले रोकेका थिए भट्टको अनुसन्धान

     सम्पत्ती शुद्धिकरण अनुसन्धान विभागले थाल्यो ठूला बिचौलियाको अनुसन्धान, यस्तो छ नालीबेली

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend